ट्रेन्डिङ:
आजबाट ह्वाट्सएपमा नयाँ फिचर, अब चलिरहेको कलको बीचमा नयाँ व्यक्तिलाई जोड्न मिल्ने यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? लेभनिङ ब्रान्डको विद्युतिय स्कुटर खरिदमा नबिल बैंकले शून्य ब्याजदरमा २ लाखसम्मको ऋण दिने एसएमएसबाट यसरी थाहा पाउनुहोस मुग्लीन-नारायणगढको सडकको अवस्था टेलिकमका ग्राहकले जान्नैपर्ने युएसएसडी कोड, यसरी लिनुहोस् सेवा ड्राइभर अपडेट नहुँदा पनि स्लो हुन्छ इन्टरनेट, कसरी गर्ने समाधान ? यस्ता छन् गुगल सर्चमा थपिने आकर्षक ९ फिचर ८००० एमएएच ब्याट्री सहितको रेड्मीको ट्याबलेट सार्वजनिक, के के छन् विशेषता ? ट्वीटर खरिद गर्न एलन मस्कको नयाँ प्रस्ताव, कम्पनीको सहमति ल्यापटप सिधै अफ गर्ने बानी छ ? ख्याल राख्नुस् यी कुरा
close

आजबाट ह्वाट्सएपमा नयाँ फिचर, अब चलिरहेको कलको बीचमा नयाँ व्यक्तिलाई जोड्न मिल्ने

टेकपाना टेकपाना

साउन ४, २०७८

आजबाट ह्वाट्सएपमा नयाँ फिचर, अब चलिरहेको कलको बीचमा नयाँ व्यक्तिलाई जोड्न मिल्ने

काठमाडौं । ह्वाट्सएपले आज सोमबार नयाँ फिचर ‘ज्वाइनेबल कल’ सार्वजनिक गर्ने भएको छ । ह्वाट्सएपको प्यारेन्ट कम्पनी फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुक पोस्ट मार्फत यसको जानकारी दिएका हुन् ।

यससँगै अब चलिरहेको भिडिओ तथा अडिओ कलमा नयाँ व्यक्तिलाई जुनसुकै बखत जोड्न सकिनेछ । यसको अर्थ यदि तपाईंले कुनै ग्रुप कलमा कुरा गरिरहनु भएको छ र कुनै व्यक्ति छुटेको छ भने त्यस्तो व्यक्तिलाई बीचैमा जोड्न सक्नुहुनेछ ।

यसअघि ह्वासएपमा सुरु भएको कलमा बीचमा नयाँ व्यक्तिलाई जोड्न सकिने सुविधा रहेको थिएन । अब यो नयाँ फिचर आएसँगै कुनै पनि व्यक्तिलाई कल चलिरहँदा बीचमा जुनसुकै बखत जोड्न सकिनेछ ।