close

‘३० हजारभन्दा बढी ईमेल सर्भर आक्रमणमा चीन सरकारको हात’

टेकपाना टेकपाना

साउन ५, २०७८ ७:५०

‘३० हजारभन्दा बढी ईमेल सर्भर आक्रमणमा चीन सरकारको हात’

काठमाडौं । अमेरिका, बेलायत र युरोपेली युनियनले चीनमाथि ठूलो साइबर आक्रमण गरेको आरोप लगाएका छन् । चिनियाँ सरकारको प्रश्रय पाएका ह्याकरहरुले माइक्रोसफ्ट एक्सजेन्च ईमेल सर्भर ह्याक र पछिल्ला श्रंखलावद्ध साइबर आक्रमण गरिरहेको आरोप उनीहरुले लगाएका छन् ।

सोमबार विज्ञप्ति निकाल्दै उनीहरुले र्‍यानसमवेयर र अन्य साइबर अपरेसनको कारक चीन रहेका दाबी गरेका हुन् । सो आरोपमा विभिन्न सार्वजनिक र निजी संस्थाविरुद्द श्रंखलाबद्ध मेलिसियस र्‍यानसमवेयर, डेटा चोरी, साइबर जासुसीमा चिनियाँ सरकारको हात रहेको गरेको उल्लेख छ ।

चिनियाँ सरकारले यो गतिविधि अन्त्य नगरे त्यसको लेखाजोखा आफूहरुले गर्ने अमेरिकी विदेश सचिव डोमिनिक राबले चेतावनी दिएका छन् । उनले युरोपियन राष्ट्रहरूसँग मिलेर चिनियाँ गतिविधिको प्रतिकार गर्ने संकेत दिएका छन् ।

माइक्रोसफ्टको एक्सचेन्ज सर्भरमा आक्रमण हुँदा विश्वका कम्तिमा ३० हजार सर्भरहरु प्रभावित भएका थिए । यसबाट राज्य तथा सहर सरकार, फायर तथा पुलिस डिपार्टमेन्ट, स्कुल डिस्टिक्स, वित्तीय संस्था र अन्य गरी हजारौं संघसंस्था प्रभावित हुन पुगेका थिए ।

माइक्रोसफ्टका अनुसार उक्त भल्नरेबिलिटी (सुरक्षा कमजोरी) ले ह्याकरलाई ईमेल अकाउन्टमा पहुँच दिनुका साथै पछिको समयमा समेत ती सर्भरमा पहुँच प्राप्त गर्नसक्ने किसिमको माल्वेर इन्स्टल गर्न सकिने अवस्था रहेको थियो ।

बेलायतले यस हमलाको लागि चीन सरकारद्वारा पक्षपाेषण गरिएका ह्याकर समूह जिम्मेवार भएको बताएको छ भने युराेपेली संघले त्यस्ता ह्याकरहरू चीनको स्टेट सेक्युरिटी मन्त्रालयसँग सम्बन्धित समूह रहेको दाबी गरेकाे छ ।

अमेरिका, बेलायत लगायतका पश्चिमा गठबन्धनले यस्ता गतिविधि नरोके चीनले कडा मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५