close

हाम्रोपात्रोबाट बिदा भए सन्तोष देवकोटा

टेकपाना टेकपाना

साउन ५, २०७८ १०:५

हाम्रोपात्रोबाट बिदा भए सन्तोष देवकोटा

काठमाडौं । लोकप्रिय नेपाली एप हाम्रो पात्रोबाट सन्तोषकुमार देवकोटा बिदा भएका छन् । राजधानीको म्यारियट होटलमा एक विशेष कार्यक्रम आयोजना गरी हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले कम्पनीका निवर्तमान प्रबन्ध निर्देशक देवकोटालाई बिदा गरेका हुन् ।

उप्रेतीले आठ वर्ष लामो सहकार्यका लागि धन्यवाद दिँदै देवकोटाको योगदान संस्थाले भविष्यमा समेत सम्झिरहने बताए । उनले नयाँ यात्राका लागि शुभकामना समेत दिए । बिदाई कार्यक्रममा देवकोटाले आफू नयाँ यात्रा सुरुवात गर्न लागेको जानकारी गराउँदै हाम्रो पात्रोको सफलताको कामना गरे ।

देवकोटाले हाम्रो पात्रोमा आफ्नो समय अविश्मरणीय रहेको बताउँदै प्रारम्भ गर्न लागेको नयाँ प्रयासमा सबैबाट सद्भाव र सहयोग प्राप्त हुने अपेक्षा समेत व्यक्त गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५