close

अनलाइनबाट एक मिनेट १० सेकेण्डमै एनआईसीको खाता खोल्न सफल थापालाई आईफोन १२ र स्मार्टवाच

टेकपाना टेकपाना

साउन ५, २०७८ १३:५२

अनलाइनबाट एक मिनेट १० सेकेण्डमै एनआईसीको खाता खोल्न सफल थापालाई आईफोन १२ र स्मार्टवाच


काठमाडौं । एनआईसी एसिया बैंकले घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरेको अनलाइन अकाउन्ट ओपनङि च्यालेन्ज अन्तर्गत सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन १२ जितेकी छन् ।

गत जेठ २३ देखि असार १९ सम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना योग्य सहभागीमध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन १२ जितेकी हुन् ।

प्रतियोगिता अवधिभर कम समयमा अनलाइन खाता खोल्ने शीर्ष १० सहभागीले स्मार्टवाच जित्न सफल भएका छन् । जसमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, कीर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की रहेका छन् ।

साथै, प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाइन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगञ्जकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जितेका छन् ।

बैंकले सञ्चालनमा ल्याएको सहज अनलाइन खाता प्रक्रियाबाट यस प्रतियोगिता अवधिभर कुल ९ हजारभन्दा बढी व्यक्तिले खाता खाेलेकाेमा १५८ जना मात्रै यस प्रतियोगितामा सहभागी थिए ।

जसमा विजेता बनेका १८ जनाले न्यूनतम १ मिनेट १० सेकेण्डदेखि अधिकतम ३ मिनेट ९ सेकेण्ड लगाएर सफलतापूर्वक अनलाइन खाता खोलेका थिए ।

यस प्रतियोगिताका सम्पूर्ण विजेताले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दावी गर्नुपर्नेछ र आफ्नो खाताको हस्ताक्षर भेरिफिकेसनका लागि सक्कल नागरिकता सहित बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५