close

माइक्रोसफ्टमा साइबर हमलाको आरोप निराधार : चीन

टेकपाना टेकपाना

साउन ५, २०७८ १५:४७

माइक्रोसफ्टमा साइबर हमलाको आरोप निराधार : चीन

काठमाडाैं । अमेरिका, बेलायत र युरोपेली युनियनले आफूमाथि लगाएकाे साइबर आक्रमणकाे आरोप निराधार भन्दै चिनियाँ सरकारले स्पष्टोक्ति दिएकाे छ ।

चिनियाँ सरकारको प्रश्रय पाएका ह्याकरहरुले माइक्रोसफ्ट एक्सजेन्च ईमेल सर्भर ह्याक र पछिल्ला श्रंखलावद्ध साइबर आक्रमण गरिरहेको आरोप अमेरिका र पश्चिमा गठबन्धनले लगाएका थिए ।

सोमबार विज्ञप्ति निकाल्दै उनीहरुले र्‍यानसमवेयर र अन्य साइबर अपरेसनको कारक चीन रहेका दाबी गरेका हुन् । सो आरोपमा विभिन्न सार्वजनिक र निजी संस्थाविरुद्द श्रंखलाबद्ध मेलिसियस र्‍यानसमवेयर, डेटा चोरी, साइबर जासुसीमा चिनियाँ सरकारको हात रहेको गरेको उल्लेख छ ।

साथै ठूला साइबर घटनामा चिनियाँ सरकारद्वारा पक्षपाेषण गरिएका ह्याकर समूह जिम्मेवार भएको आरोप लगाइएकाे छ ।

जवाफमा मंगलबार चीन सरकारले आरोप निराधार रहेकाे र विश्वको स्थिरता र सुरक्षालाई प्रभावित पार्ने गरी अमेरिका र उसका सहयाेगी देशहरूले आरोप लगाएको प्रतिक्रिया दिएकाे छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले यो आरोप राजनीतिक अभिप्रायका साथ आएको भन्दै खण्डन गरेका छन् ।

‘चीनले यो कहिले पनि स्वीकार्ने छैन’ झाओले भने । यद्यपि उनले सम्भावित प्रतिकारको कुनै संकेत दिएनन् । उनले सबै प्रकारका साइबर अपराधको विरुद्धमा आफ्नाे देश दृढ रहेको उल्लेख गरेका छन् ।

-एजेन्सी ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५