close

असुसको बहुप्रतिक्षित ल्यापटप ‘जेनबुक प्रो डुओ’ नेपाली बजारमा, यस्तो छ फिचर र मूल्य

टेकपाना टेकपाना

साउन ५, २०७८ १९:३२

असुसको बहुप्रतिक्षित ल्यापटप ‘जेनबुक प्रो डुओ’ नेपाली बजारमा, यस्तो छ फिचर र मूल्य

काठमाडौं । यदि तपाईं कन्टेट क्रिएटर हुनुहुन्छ वा गेमर हुनुहुन्छ र कस्तो ल्यापटप किन्ने भन्ने सोचमा हुनुहुन्छ भने असुसको जेनबुक प्रो डुओ तपाईंका लागि एकदमै उपयुक्त हुन सक्छ ।

योभन्दा अगाडि जेनबुक यु एक्स ५८१ (UX581) बजारमा सार्वजनिक गरेको असुसले हालै यु एक्स ५८२ (UX582) भर्सन पनि बजारमा ल्याएको छ । पछिल्लो दशौं पुस्ताको इन्टेल कोर आई नाइन १०९८० एचके प्रोसेसर राखिएको जेनबुक डुओमा एनभिडिआ जीफोर्स आरटिएक्स ३०७० ग्राफिक्स प्रयोग गरिएको छ ।

१ टेराबाइटको एसएसडी रहेको यो ल्यापटप डिजिटल प्रयोगकर्ता, सिर्जनात्मक काम गर्नेहरु, कन्टेन्ट क्रिएटर, गेमर र व्यवसायिक प्रयोजनलाई विशेष ध्यानमा राखी उत्पादन गरेको कम्पनीको भनाइ छ ।

यसमा डुअल फोर के ओलेड स्क्रिन रहेको छ । एउटा १५.६ इन्चको नानो एज फोरके ओलेड आईपीएस टच स्क्रिन छ भने अर्को १४ इन्चको फोरके टच स्क्रिन रहेको छ । डुअल स्क्रिन भएका कारण पनि यो ल्यापटपले हाई पर्फमेन्सको लागि राम्रो सहयोग गर्ने कम्पनीको भनाइ रहेको छ ।

जेनबुक प्रो डुओले पछिल्लो थण्डरबोल्ट थ्री यूएसबी टाइप ए पोर्टका साथमा डोङ्गल बिनाकै कनेक्टिभिटी उपलब्ध गराउँछ । पछिल्लो इन्टेल वाईफाई सिक्सको साथमा ब्लुटुथले वायरलेस स्पीड तीव्र बनाउने कम्पनीको भनाइ छ ।

जेनबुक डुओमा दुईवटा यूएसबी ३.२ जेनेरेसन ३.५ एमएमको कम्बो ज्याक पोर्टहरु छन् । नेपाली बजारमा यसको मूल्य चार लाख ८८ हजार ८८० रुपैयाँ रहेको छ । मेटलबाट बनेको यो ल्यापटप डार्क ब्लु कलरमा उपलब्ध छ। 

नागमणी इन्टरनेसनल प्रालिले प्रो डुओ नेपाल ल्याएको हो । यदि तपाईं पनि जेनबुक प्रो डुओ खरिद गर्न चाहुनुहुन्छ भने यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५