close

नेपाली बजारमा सामसङ ग्यालेक्सी एफ२२, दराज एपबाट प्रि-बुकिङ गर्न सकिने

टेकपाना टेकपाना

साउन ६, २०७८ १२:५३

नेपाली बजारमा सामसङ ग्यालेक्सी एफ२२, दराज एपबाट प्रि-बुकिङ गर्न सकिने


काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी एफ२२ को प्रि-बुकिङ सुरू भएको छ । बुधबारदेखि ग्राहकले अनलाइन मार्केटप्लेस दराजबाट यो स्मार्टफोन प्रि-बुकिङ गर्न सक्नेछन् ।

‘एफ’ सिरिजअन्तर्गत ग्यालेक्सी एफ२२ लाई बहुप्रतिक्षित माेडलकाे रूपमा हेरिएकाे छ । यो फोनमा अक्टाकोर मिडियाटेक हेलियो जी८० प्रोसेसर रहेको छ ।

९० हर्जको रिफ्रेस रेटसहित फाेनमा ६.४ इन्चको एचडी प्लस ‘इन्फिनिटी यू सुपर’ एमोलेड डिस्प्ले रहेको छ, जसकाे प्राेटेक्सनका लागि कोर्निङ गोरिल्ला ग्लास फाइभ दिइएकाे छ ।

६ हजार एमएएच क्षामताको ब्याट्री रहेको फोनले २५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने जनाइएको छ । त्यस्तै फाेनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित क्वाड क्यामरा सेटअप छ । साथै सेल्फीका लागि १३ मेगापिक्सेलकाे क्यामेरा छ ।

मूल्यकाे कुरा गर्दा ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको २० हजार ४९९ रूपैयाँ रहेकाे छ । त्यस्तै, ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टको २३ हजार ९९९ रहेको छ ।

एन्ड्राेइड ११ अपरेटिङ सिस्टममा चल्ने याे फाेन नेपाली बजारमा ब्ल्याक र लाइट ब्लु कलरमा उपलब्ध हुनेछ । साथै फोन दुई जेनेरेसनसम्म अपग्रेड हुनेछ ।

नेपाली बजारमा याे फाेन साउन १२ देखि उपलब्ध हुनेछ । कम्पनीका अनुसार आजबाट सुरु भएको प्रि-बुकिङ शुक्रबारसम्म मात्र लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५