close

अगस्ट ११ मा सामसङको ‘अनप्याक्ड इभेन्ट’, नयाँ के आउलान् ?

टेकपाना टेकपाना

साउन ६, २०७८ १४:६

अगस्ट ११ मा सामसङको ‘अनप्याक्ड इभेन्ट’, नयाँ के आउलान् ?

काठमाडौं । सामसङले आफ्नो वार्षिक कार्यक्रम ‘ग्योलेक्सी अनप्याक्ड’ आउँदो अगस्ट ११ मा सार्वजनिक गर्ने भएको छ । कम्पनीले अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुलाई आमन्त्रण गर्नुका साथै सो इभेन्टको टिजर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।

सामसङका नयाँ उत्पादन सार्वजनिक गर्ने कार्यक्रमको रुपमा ग्यालेक्सी अनप्याक्ड हरके वर्ष आयोजना हुँदै आएको छ । यो वर्ष भर्चुअल माध्यमबाटै याे इभेन्ट हुनेछ ।

साँझ ७:४५ देखि हुने इभेन्टमा नयाँ उत्पादन कुन कुन सार्वजनिक हुनेछ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएकाे छैन । तर, साे इभेन्टमा बहुप्रतिक्षित फोल्डेबल फोन ग्यालेक्सी जेड फोल्ड थ्री र ग्यालेक्सी जेड फिल्प थ्री सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

कम्पनीले सार्वजनिक गरेको टिजरमा देखाइएको फोल्ड आकारको स्क्रिनले उक्त दिन कम्पनीले फोल्डेबल फोन सार्वजनिक गर्ने अनुमान गरिएको हो ।

साथै ग्यालेक्सी वाच ४, ग्यालेक्सी वाच ४ क्लासिक तथा ग्यालेक्सी बड्स २ पनि सार्वजनिक हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५