close

अब नेटफ्लिक्समै गेम खेल्न सकिने

टेकपाना टेकपाना

साउन ६, २०७८ १५:४३

अब नेटफ्लिक्समै गेम खेल्न सकिने

काठमाडौं । स्ट्रिमिङ जायन्ट नेटफ्लिक्समा अब भिडिओ गेम पनि खेल्न सकिने भएको छ । नेटफ्लिक्सको प्याकेज खरिद गर्ने प्रयोगकर्ताले सोही शुल्कमा भिडियो गेम पनि खेल्न पाउने भएका हुन् ।

हाल याे फिचरका लागि काम गरिरहेकाे कम्पनीले जनाएकाे छ । उसका अनुसार पहिलो चरणमा प्रयोगकर्ताबाट गेमप्रति कस्तो खालको प्रतिक्रिया आउँछ, त्यसैअनुसार भिडियो गेमिङलाई कम्पनीकाे नयाँ आयामको रुपमा सुरुवात गरिने छ ।

कम्पनीले यो फिचर कहिलेबाट सुरु हुने र कस्ता गेम उपलब्ध हुनेछन् भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । तर, याे गेम माेबाइल डिभाइसका लागि उपलब्ध हुने जानकारी दिइएकाे छ ।

कम्पनीका अनुसार आउँदो सेप्टेम्बरको अन्त्यसम्म ३५ लाख नयाँ प्रयोगकर्ता जोडिने आँकलन गरिएको छ । हुन त यसअिघ कम्पनीले याे अवधिमा ५८ लाख बढी नयाँ प्रयाेगकर्ता जोडिने आँकलन गरेको थियो ।

तर, सन २०२१ मा आएर कम्पनीको नयाँ प्रयोगकर्ताको वृद्धिदर कम देखिएकाे छ । कम्पनीका अनुसार सन् २०२० मा कोभिडकै बीचमा पनि नयाँ प्रयोगकर्ताकाे संख्या उल्लेख्य रूपले बढेकाे थियाे । तर, सन् २०२१ मा नयाँ सब्सक्रिप्सनको वृद्धिदर घटेकाे जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५