ट्रेन्डिङ:
मेगा रेमिटबाट अब सिधै खल्ती वालेटमा पैसा पठाउन सकिने सरकारी निकायमा प्रयोग हुने सफ्टवेयरको अप्रुभल र अडिट आईटी विभागबाट मात्रै यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? जीमेलको नयाँ इन्टरफेस सार्वजनिक, यसरी गर्नुहोस् अपडेट बजेटमा सूचना प्रविधि : कुन कुन कार्यक्रम परे ? ८००० एमएएच ब्याट्री सहितको रेड्मीको ट्याबलेट सार्वजनिक, के के छन् विशेषता ? पाँच वर्षमा सबैभन्दा शक्तिशाली चिप उत्पादन गर्ने सामसङको लक्ष्य सेनादेखि राष्ट्र बैंकसम्मका ६० सरकारी निकायको सिस्टमबाट ६ हजार धेरै लगइन डिटेल चोरी टेलिकमका ग्राहकले जान्नैपर्ने युएसएसडी कोड, यसरी लिनुहोस् सेवा अनलाइन गेम धेरै खेल्नुहुन्छ ? थाहा पाइरख्नुहोस्, यतिसम्म हुनसक्छ त्यसको जोखिम
close

मेगा रेमिटबाट अब सिधै खल्ती वालेटमा पैसा पठाउन सकिने

टेकपाना टेकपाना

साउन ६, २०७८

मेगा रेमिटबाट अब सिधै खल्ती वालेटमा पैसा पठाउन सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमिट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार, अब सर्वसाधारणहरुले मेगा रेमिटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन् ।

यसका साथै, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमिटमार्फत पठाएको रकम खल्तीमार्फत प्राप्त गर्न सकिनेछ ।

नेपालभित्र पनि खल्तीमार्फत रकम पठाउन र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकोमा यो व्यवस्थाले मेगा बैंकको रेमिट्यान्स सेवाको दायरालाई अझै फराकिलो बनाउदै ग्राहकहरुमा थप सहजता प्रदान गर्ने मेगा बैंकले जनाएको छ ।