close

आईएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता

टेकपाना टेकपाना

साउन ७, २०७८ ८:०

आईएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता

काठमाडौं । आईएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच एक समझदारी भएको छ । समझदारी अनुसार आईएमई पे मल्पी इन्टरनेशनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने कलेजका विद्यार्थीले आईएमई पेमा इन्टर्नसिपको अवसर पाउनेछन् ।

सेन्टर फर क्यारियर गाइडेन्स एण्ड पेलेसमेन्टको विशेष पहलमा भएको उक्त समझदारीमा प्रविधि महत्वपूर्ण पक्ष बन्दै गएको उल्लेख गरिएको छ ।

धेरै टेक फर्महरुले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै आइरहेको सन्दर्भमा फिन टेक कम्पनीहरुले मानवीय जीवनलाई सहज बनाउनका साथै विद्यार्थीका लागि थुप्रै अवसरका ढोकाहरु पनि खोलिदिएका छन् ।

वित्त र प्रविधिको उत्तम मिश्रणले विश्वभरीका अवरोधहरुको समाधान निकाल्न नयाँ नयाँ रोजगारीका अवसरहरूको पनि सिर्जना गरिरहेका छन् ।

समझदारी यस्तै विषयवस्तुहरूलाई ध्यानमा राख्दै गरिएको थियो । युवा पुस्ताको सीप र क्षमतालाई डिजिटल उद्योगको विकास र विस्तारमा कसरी खपत गर्न सकिन्छ भन्ने विषयमा अन्य कलेजहरूसँग पनि क्रमवद्व रूपमा थप छलफल गर्दै जाने आईएमई पे को योजना रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५