close

आयल निगममा अनलाइन भुक्तानी सुरु, चार दिनमा झण्डै ४ अर्ब संकलन

टेकपाना टेकपाना

साउन ७, २०७८ ११:४३

आयल निगममा अनलाइन भुक्तानी सुरु, चार दिनमा झण्डै ४ अर्ब संकलन

काठमाडौं । नेपाल आयल निगमले एनसीएचएलको प्रणालीमार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको साप (SAP) एसएपी प्रणालीको औपचारिक रुपमा थालनी गरेको छ ।

यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आईपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट तथा बैंक वित्तीय संस्थाहरुको शाखामार्फत् निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

औपचारिक थालनीको चार दिनमा नै निगमको ३.९७ अर्ब बराबरको भुक्तानी संकलन भएको छ । विभिन्न प्रक्रिया पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात साप प्रणालीलाई नेपालमा सञ्चालन गर्ने नेपाल आयल निगम पहिलो सरकारी निकाय बनेको छ ।

यसरी स्वचालित रुपमा सञ्चालन गरिने उक्त प्रणालीमा डिलरहरुमार्फत संकलन पनि एनसीएचएलको प्रणालीमार्फत अनलाइन माध्यमबाट नै गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यससँगै निगमले एनसीएचएलको सहकार्यतामा आफ्ना अरु विभिन्न खर्चका भुक्तानीहरु पनि अनलाइनमार्फत् गर्न आवश्यक पहल गरिसकेको र छिटै लागू हुने जनाएकाे छ ।

यसरी निगमबाट गरिएको पहल निकै सराहनीय रहेको र यसले निगमको कार्यकुशलता र पारदर्शितामा समेत विशेष टेवा पुग्ने अपेक्षा गरिएको छ ।

डिलर पार्टनरले निगमलाई कसरी भुक्तानी गर्ने ?
१.
डिलरले आफ्नो बैंक/वित्तीय संस्थालाई भुक्तानी आदेशसँगै आफ्नो ”Customer ID” र भुक्तानी गर्ने शीर्षकको जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ ।

२. बैंक तथा वित्तीय संस्थाले उक्त जानकारीअनुरुप शाखालाई एनसीएचएलले उप्लब्ध गराएकोे प्रणाली प्रयोग गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन् ।

. यसरी शाखाबाट रु. १० लाख सम्मको रियल–टाइम अन्तर बैंक भुक्तानी गर्न सकिन्छ भने एकै बैंकमा रियल–टाइममा प्रति कारोबार रु. १ करोडसम्म तथा नन रियल–टाइममा रु. २० करोडसम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

. त्यसैगरी डिलरहरुले निगमलाई भुक्तानी गर्न कनेक्ट आईपीएसकाे वेबसाइट, माेबाइल एप, कर्पाेरेट पे तथा डिलरको पोर्टलमा जोडिएको कनेक्ट आईपीएस (गेटवे) मार्फत पनि अनलाइन भुक्तानी गर्न सक्दछन् । यी विभिन्न च्यानलको कारोबार सीमा भने फरक–फरक रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५