close

एनआईसी एसियाको २४औं वार्षिकोत्सव, अनलाइन भुक्तानीमा २४ प्रतिशतसम्म क्यासब्याक

टेकपाना टेकपाना

साउन ७, २०७८ १३:७

एनआईसी एसियाको २४औं वार्षिकोत्सव, अनलाइन भुक्तानीमा २४ प्रतिशतसम्म क्यासब्याक

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्म क्यासब्याकको योजना ल्याएको छ ।

यसअन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी पोस तथा ईकमर्समा भुक्तानी गर्दा तथा एनआईसी एसिया मोबैंक मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम रू. ५०० सम्म क्यासब्याक योजना प्राप्त गर्न सकिने छ ।

वार्षिक उत्सवको अवसरमा श्रावण ७ गते कार्ड वा एनआईसी एसिया मोबैंकबाट कारोबार गर्ने पहिलो १,००० (एक हजार) ग्राहकले यो सुविधा पाउने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५