close

पठाओ चालकमाथि कुटपिट

टेकपाना टेकपाना

साउन ७, २०७८ १४:५८

पठाओ चालकमाथि कुटपिट

काठमाडौं । ललितपुरमा आज पठाओ चालकमाथि हातपात भएको छ । यातायात व्यवसायीहरुले ७ बुँदे माग राखी गरेको हड्तालमा तीन जना पठाओ चालक कुटिएका हुन् ।

पठाओकी बजार प्रबन्धक सुरक्षा हमालले ललितपुरको एकान्तकुनामा पठाओका तीन जना चालकमाथि कुटपिट भएको खबर पाएको र यसबारे थप बुझ्न आफ्नो टिम घटनास्थल गइसकेकाे जानकारी दिइन् ।

आन्दोलनकारीले पठाओ चालकलाई रोकी बाइकको साँचो लिनुका साथै हातपात गरेकाे बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५