close

ट्वीटमा अब ‘अपभोट’ र ‘डाउनभोट’ बटनको सुविधा

टेकपाना टेकपाना

साउन ७, २०७८ १६:२९

ट्वीटमा अब ‘अपभोट’ र ‘डाउनभोट’ बटनको सुविधा

काठमाडौं । ट्वीटरले अब कुनै ट्वीटमा आएका रिप्लाईमा भोट गर्न सकिने गरी ‘अपभोट’ तथा ‘डाउनभोट’ बटन उपलब्ध गराउने भएको छ । यसको अर्थ ट्वीटमा आएको रिप्लाइ सान्दर्भिक छ वा छैन भनेर भोट गर्न सकिने छ ।

यदि उक्त रिप्लाई ट्वीटसँग सान्दर्भिक भएको खण्डमा अपभोट र असान्दर्भिक भएकाे खण्डमा डाउनभोट गरी भोट गर्न सकिने जनाइएको छ ।

यस फिचरबारे एक ट्वीट गर्दै कम्पनीले जानकारी दिएको हो । कम्पनीका अनुसार हाल यो फिचर आईओएसका सीमित प्रयोगकर्तामाझ परीक्षण गरिएको छ ।

परीक्षणपश्चात प्रयोगकर्ताबाट आएको प्रतिक्रियाका आधारमा यो फिचर पहिलो चरणमा आईओएसका सम्पूर्ण प्रयोगकर्तालाई उपलब्ध हुने अनुमान गरिएकाे छ ।

यसरी गरिएको भोटले ट्वीटको र्‍यांकमा भने कुनै असर नगर्ने उल्लेख छ । तर, प्रयोगकर्ताले भने सबैभन्दा बढी भोट आएका कमेन्टलाई पिन गरेर राख्नसक्ने छन् ।

यो फिचर एन्ड्रोइड तथा वेब भसर्नमा उपलब्ध हुने या नहुने भन्ने विषयमा भने केही खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५