close

फेसबुकमा जस्तै अब इन्स्टाग्राम स्टोरिजमा पनि ‘अटो ट्रान्सलेसन’ फिचर

टेकपाना टेकपाना

साउन ७, २०७८ १७:३३

फेसबुकमा जस्तै अब इन्स्टाग्राम स्टोरिजमा पनि ‘अटो ट्रान्सलेसन’ फिचर

काठमाडौं । इन्स्टाग्रामले स्टोरिज पोष्टमा अटो ट्रान्सलेसन हुने फिचर उपलब्ध गराउने भएको छ । योसँगै अब इन्स्टाग्रामको स्टोरिज यदि कुनै विदेशी भाषामा देखिएको खण्डमा ‘सी ट्रान्सलेसन’ भन्ने विकल्प स्क्रिनमा बाँया साइडको माथि देखिनेछ । जसमा क्लिक गरी तपाईंले स्टोरिजको ट्रान्सलेसन गर्न सक्नुहुनेछ ।

कम्पनीका अनुसार यो फिचरले विभिन्न ९० भाषा सपोर्ट गर्छ, जुन विश्वव्यापी रुपमा सबै प्रयोगकर्तालाई उपलब्ध हुनेछ । यसअघि यो फिचर कम्पनीले फेसबुक एपमा उपलब्ध गराइसकेको छ ।

फेसबुकमा गरिएका पोष्टको क्याप्सन लगायतमा यो फिचर उपलब्ध छ । त्यस्तै इन्स्टाग्रामकै कमेन्ट, क्याप्सन र प्रयोगकर्ताको बायोमा पनि अटो ट्रान्सलेसन फिचर उपलब्ध भइरहेको छ ।

स्टोरिजमा भने कम्पनीले अटो ट्रान्सलेसनका लागि लामो समयदेखि काम गर्दै आएको थियो । यो फिचरले स्टोरी विश्वव्यापी रुपमा अन्य प्रयोगकर्तामाझ समेत पुर्‍याउन मद्धत गर्ने अपेक्षा कम्पनीले गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५