close

एप्पलले ल्याएको म्यागसेफ चार्जिङ प्रविधिबारे जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

साउन ७, २०७८ २३:१५

एप्पलले ल्याएको म्यागसेफ चार्जिङ प्रविधिबारे जान्नैपर्ने कुरा

काठमाडौं । एप्पलले हालै आईफोन १२ सिरिजका लागि ‘म्यागसेफ ब्याट्री प्याक’ सार्वजनिक गरेको छ ।

याे पावर बैंकजस्तै रिचार्जेबल ब्याट्री ब्याक हाे । तर यसले वायलेस रिचार्जकाे सुविधा दिन्छ, जुन आईफोनको पछाडि अट्याच गरिन्छ । यसले म्यागसेफ सपाेर्ट गर्ने आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो, र आईफोन १२ प्रो म्याक्समा काम गर्ने बताइएको छ ।

यो प्याक सिंगल साइजमा उपलब्ध छ, जसमा १४६० एमएएचको ब्याट्री दिइएको छ । यसको अर्थ यसले आईफोनलाई फुल चार्ज भने गर्न सक्दैन । जब याे प्याक आईफोनमा कनेक्ट गर्नुहुन्छ, यसले ५ वाटसम्मको चार्ज गर्छ । तर पावर एडेप्टरमा यसलाई प्लगइन गर्दा १५ वाटसम्मको चार्जिङ स्पिड हुने उल्लेख गरिएकाे छ ।

यो आईफोन चार्ज गर्न छिटाे तरिका नभएपनि विकल्पका रूपमा सहयाेग गर्नेछ । एप्पलको अफिसियल सपोर्ट डकुमेन्टका अनुसार यो ब्याट्री प्याक प्रयोग गर्न तपाईंलाई आईओएस १४.७ वा यसपछिका अपडेट आवश्यक पर्छ ।

एप्पलका अनुसार याे ब्याट्री प्याकबाट चार्ज कति भएकाे छ भनेर आईफोनकाे हाेम स्क्रिन वा ‘टुडे भ्यू’ ब्याट्री विजेटमा थाहा पाउन सकिन्छ । वायरलेस चार्जिङमा याे प्याकले प्रयाेगकर्ताका लागि सुरक्षा र विश्वसनीयता प्रदान गर्ने कम्पनीकाे दाबी छ ।

आज हामी तपाईंलाई यो म्यागसेफ चार्जर र आईफोन ट्वेल्भका मोडलहरुले वायरलेस चार्जर अट्याच गर्न चुम्बकको कसरी प्रयोग गर्दछन् भनेर बताउने छौं ।

यो फोनको पछाडिपट्टि क्यास, डक्स, माउन्ट र वालेट जस्ता विभिन्न म्याग्नेटिक एसेसरिजहरु अट्याच छन् । वास्तवमा भन्ने हो भने म्यागसेफ एसेसोरिज आईफोन ट्वेल्भका उत्कृष्ट फिचरहरुमध्ये एक हो ।

अहिलेसम्म अन्य फोन निर्माता कम्पनीहरुले यसप्रकारको स्नापअन फिचरमा काम गरे पनि सफल बनेका छैनन् । तर एप्पलले आईफोनका पछिल्ला मोडलमा यसको सफल प्रयोग गरेर प्रयोगकर्ताहरुलाई आईफोन प्रयोगको नयाँ तरिका सिकाएको छ । 

आईफोन ट्वेल्भमा कसरी काम गर्छ म्यागसेफ ?

एप्पलको नयाँ आईफोन ट्वेल्भ चार्जिङ क्वाइल अर्थात् ‘एर्रे अफ म्याग्नेट’ हरुसँग बाँधिएको छ । एप्पलका अनुसार यसले १५ वाटसम्मको पावर तान्न सक्छ ।

यो यसअघिका आईफोनमा रहेका वायरलेस चार्जिङभन्दा दुई गुणा शक्तिशाली छ । जब तपाईं पावर कर्डको चार्जिङ एण्डलाई आईफोनको पछिल्लो भागको नजिक ल्याउनुहुन्छ, त्यहा भएको म्याग्नेटले त्यसलाई आफूतिर तान्दछ ।

अन्य म्यागसेफ एसेसाेरिजहरुको प्रक्रिया पनि यस्तै छ । तपाईंले वायरलेस चार्जरमा के कुरा क्लिप अन गर्नुहुन्छ, त्यो त्यसको एनिमेसन आइकन आईफोनमा डिस्प्ले हुन्छ । 

आईफोन ट्वेल्भमा पाइन्छ म्यागसेफ चार्जिङ केबल ?

एप्पल आईफोनमा यूएसबी सी टु लाइटिङ केबल मात्र हुन्छ । यसमा पावर ब्रिक वा इयरबड हुँदैन । एप्पलमा दुई म्यागसेफ चार्जिङ केबल छन्, जसमा एउटा स्ट्याण्डअलोन र अर्को चार्जरले एप्पल वाच चार्ज गर्न सक्छ ।

तर यी दुवैलाई भिन्दा भिन्दै खरिद गर्नुपर्दछ । तर एप्पलको निर्माणकर्ता कम्पनी बेल्किनले म्यागसेफ कम्प्याटिबल चार्जिङ केबल पनि बिक्री गर्दैछ । 

वायरलेस चार्जरले पुराना आईफोनमा काम गर्छ ?

नयाँ आईफोन क्यूआई इनेबल वायरलेस चार्जिङ डिभाइससँग ब्याकवार्ड कम्प्याटिबल छ । यदि तपाईंको पुरानो डिभाइसले ७.५ वाट पावर सप्लाई गर्दछ भने तपाईंको नयाँ आईफोनले पनि त्यति नै चार्ज तान्दछ ।

यसले वास्तवमा १५ वाटसम्म चार्ज तान्न सक्छ । यो नयाँ म्यागसेफ चार्जर पुराना डिभाइसहरुसँग पनि ब्याकवार्ड कम्प्याटिबल छ । 

म्यागसेफले म्याकबुकमा कसरी काम गर्छ ?

म्याकबुकमा भएको ओरिजिनल म्यागसेफबाट ल्यापटपमा एप्पलको प्रोप्राइटरी पावर केबल अट्याच गर्न सकिन्छ । चार्ज गरिसकेपछि डिभाइस र चार्जरलाई तानेर छुटाउनुपर्छ । यो सुरक्षाका लागि बनाइएको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५