close

आज फेसबुकको लोगो हेर्नुभयो ? टोक्यो ओलम्पिकको यसरी हुँदैछ ‘सेलेब्रेसन’

टेकपाना टेकपाना

साउन ८, २०७८ ८:४५

आज फेसबुकको लोगो हेर्नुभयो ? टोक्यो ओलम्पिकको यसरी हुँदैछ ‘सेलेब्रेसन’

काठमाडौं । तपाईंले फेसबुक प्रयोग गर्नुहुन्छ भने आज पक्कै केही परिवर्तन देख्नुहुन्छ । अझ यसको एप प्रयोग गर्नेले यो कुरा ख्याल गरेको पनि हुन सक्नुहुन्छ । फेसबुकले आफ्नो लोगोमा खासै परिवर्तन गरेको पाइदैन, गुगलले जस्तो ।

तर यो पटक फेसबुकले आफ्नो लोगोमा रोमाञ्चक परिवर्तन गरिरहेको छ । कोही वेट लिफ्ट गरिरहेका, कोही आर्चरी खेलिरहेका एनिमेसन फेसबुकको लोगोमा बारम्बार देखिन्छ । देखिएन भने लोगोमा ट्याप गरेर पनि हेर्न सक्नुहुन्छ ।

फेसबुकको यो लोगोको परिवर्तनको कारण भने टोक्यो ओलम्पिक्स हो । नेपाली समयअनुसार आज दिउँसो ४ बजे जापानको राजधानी टोक्योमा ओलम्पिकको औपचारिक उद्घाटन हुँदैछ ।

सोही उद्घाटनको सेलेब्रेसनमा फेसबुकले आफ्नो लोगोमा पनि परिवर्तन ल्याएको हो । लोगोमा ओलम्पिकमा प्रदर्शन गरिने खेलहरु समेटिएको छ ।

फेसबुक मात्र हैन, गुगलले पनि आफ्नो लोगोमा परिवर्तन ल्याएको छ । गुगल डुडलमार्फत टोक्यो ओलम्पिक्सको सेलेब्रेसन गरेको देखिन्छ । डुडलमा जापानको भूगोल र संस्कृति झल्काउने एनिमेसनहरु प्रस्तुत गरिएको छ ।

अघिल्ला डुडलहरुभन्दा यो पृथक छ । डुडलमा ट्याप गर्दा केही लामो समय नै एनिमेसनसहितको भिडियो प्ले हुन्छ । टोक्योमा सन् २०२० मा आयोजना गर्ने भनिएको ओलम्पिक कोभिड-१९ सङ्क्रमणका कारण सन् २०२१ मा सारिएको हो ।

नेपालका तर्फबाट पाँच जना खेलाडीले ओलम्पिकमा भाग लिँदैछन । नेपाली टोलिका तर्फबाट पौडी खेलाडी गौरिका सिंहले झन्डोत्तलन गर्नेछिन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५