close

गुगल ड्राइभमा स्पाम शेयर गर्नेलाई अब ब्लक गर्न सकिने

टेकपाना टेकपाना

साउन ८, २०७८ ११:३२

गुगल ड्राइभमा स्पाम शेयर गर्नेलाई अब ब्लक गर्न सकिने

काठमाडौं । तपाईंले गुगल ड्राइभकाे नोटिफिकेसनमा कहिले काहिँ स्पाम भेट्नुभएको छ ? तपाईंलाई कसैले फाइल शेयर गरेको छ भन्दै त्यस्ता स्पाम समय समयमा गुगल ड्राइभकाे नाेटिफिकेसना देखिन्छ ।

यसबीच गुगलले आफ्ना प्रयोगकर्तालाई सुरक्षित राख्न त्यस्ता स्पामर वा स्पाम पठाउने व्यक्तिलाई ब्लक गर्न सकिने फिचर उपलब्ध गराएको छ । बिहीबारदेखि सुरु भएको उक्त फिचरअनुसार अब प्रयोगकर्ताले त्यस्ता फाइल शेयर गरेका व्यक्तिलाई ब्लक गर्न सक्नेछन् ।

यसको अर्थ यदि कुनै ईमेलबाट तपाईंलाई ईमेल आएको खण्डमा उक्त ईंमेलबाट कुनै फाइल शेयर गर्न नसकिने गरी ब्लक गर्ने सकिने छ । जसले गर्दा प्रयोगकर्ता त्यस्ता स्पामरबाट पुनः समस्यामा पर्दैनन् ।

गुगलका अनुसार ड्राइभमा ब्लक गरेकाे ईमेल आईडी गुगलका अन्य सेवाबाट पनि ब्लक हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५