close

ह्वावे र अनरका यी फोनमा उपलब्ध हुँदैछ हार्मोनी ओएस

टेकपाना टेकपाना

साउन ८, २०७८ १६:३१

ह्वावे र अनरका यी फोनमा उपलब्ध हुँदैछ हार्मोनी ओएस

काठमाडौं । ह्वावेको हार्मोनी ओएस २.० सार्वजनिक भएको दुई महिना बितिसकेको छ । हार्मोनी ओएस सार्वजनिक गर्दा कम्पनीले नयाँ सिस्टम धेरैजसो स्मार्टफोनमा उपलब्ध गराउने जनाएको थियो । जसअन्तर्गत यो वर्षको अन्त्यसम्म सयभन्दा बढी मोडलमा हार्मोनी ओएस उपलब्ध हुने जनाइएको थियो ।

त्यहीअनुसार हालसम्म ८० वटा मोडलका स्मार्टफोनमा हार्मोनी ओएस उपलब्ध भइसकेको छ । जसअन्तर्गत २ करोड ५० लाखभन्दा बढी डिभाइसमा यो फिचर उपलब्ध भइसकेको छ ।

यही क्रममा बिहीवार ह्वावेले हार्मोनी ओएसको दोस्रो राउण्ड अघि बढाएको छ, जसअन्तर्गत याे ओएस सार्वजनिक रुपमा प्रयोगकर्तालाई उपलब्ध हुनेछ । ह्वावे पी५० सार्वजनिक हुनुपूर्व सबै प्रयोकगर्तालाई हार्मोनी ओएसको परीक्षण उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले दोस्रो चरण अघि बढाएको हाे ।

कम्पनीका अनुसार हार्मोनी ओएस ह्वावे स्मार्टफोनका साथै अनर ब्राण्डका पुराना स्मार्टफोनमा समेत उपलब्ध हुनेछ । हाल अनर ब्राण्ड छुट्टै ब्राण्डको रुपमा सञ्चालमा रहेको भएता पनि पुराना स्मार्टफोनले हार्माेनी ओएस अपडेट पाउने भएका हुन् ।

अनर ब्राण्ड
  • अनर ३० सिरिज
  • अनर भी३० सिरिज
  • अनर–प्ले ४ प्रो
  • अनर भी६ टेयावलेट
  • अनर एक्स १०
  • अनर ३० एस
  • अनर एक्स१० म्याक्स
  • अनर ३० युथ एडिसन
  • अनर प्ले४
ह्वावे ब्राण्ड
  • ह्वावे पी२०
  • ह्वावे मेट १०
  • ह्वावे पी२० प्रो
  • ह्वावे मेट १० प्रो
  • ह्वावे नोभा ५आई
  • ह्वावे मेट १० प्रोसिम डिजाइन
  • ह्वावे नोभा ४
  • ह्वावे मेट आरएस प्रोसिम डिजाइन
  • ह्वावे नोभा ४ई

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५