close

के तपाईंको फोन ‘पेगासस’ स्पाइवेयरबाट सुरक्षित छ ? यसरी गर्नुहोस् चेक

टेकपाना टेकपाना

साउन ८, २०७८ २१:४४

के तपाईंको फोन ‘पेगासस’ स्पाइवेयरबाट सुरक्षित छ ? यसरी गर्नुहोस् चेक

काठमाडौं । एम्नेस्टी इन्टरनेशनलले ‘पेगासस’ स्पाइवेयरबाट कुनै फोन सुरक्षित छ वा छैन भनेर थाहा पाउने टुल सार्वजनिक गरेको छ । सरकारलाई लक्षित गर्दै एनएस‌ओले बनाएको पेगाससको समाचार सार्वजनिक गर्न सञ्चारमाध्यमलाई सहयोग गरेको एम्नेस्टी इन्टरनेशनलले विभिन्न  निर्देशिकासहितको टुल सार्वजनिक गरेको हो ।

फोनको डेटा ब्याकअपमा राखेर यो टुलबाट फोनमा पेगाससको प्रभाव भए/नभएको परीक्षण गर्न मिल्छ । यद्यपि यो टुल एन्ड्रोइडमा भन्दा आईओएसमा थप राम्रोसँग चल्ने बताइएको छ ।

आफ्नो आईफोनमा पेगासस चेक गर्नका लागि पहिले आफ्नो डेटा ब्याकअप गरेर एम्नेस्टीको एमभिटी (mvt)  प्रोग्राम डाउनलोड गर्नुपर्ने हुन्छ । तर यदि तपाईं म्याकमा चेक गर्दै हुनुहुन्छ भने त्यसका लागि एक्सकोड (Xcode) र पाइथन ३ (Python3) पनि डाउनलोड गर्नुपर्ने हुन्छ । 

त्यसपछि मात्र म्याकमा एमभिटी इन्स्टल गर्न सकिन्छ । त्यसपछि उक्त प्रोग्राममा दिएको निर्देशनलाई फलो गरेर आफ्नो डिभाइस स्क्यान गर्न सकिन्छ । डिभाइस स्क्यान भइरहेको बेला तपाईंको फोन Downloads/pegasus.stix2 मा गएर ब्याकअप हुन्छ ।

यद्यपि एम्नेस्टीले भने म्याक ओएस र लिनक्सका लागि मात्र निर्देशनहरू उपलब्ध गराएको छ । विण्डाेजका लागि भने विण्डाेज सब सिस्टर फर लिनक्स इन्स्टल गर्नुपर्ने हुन्छ ।

यसरी आवश्यक सफ्टवेयरहरू इन्स्टल गरिसकेपछि एमभीटी प्रोग्राम रन गर्नुहाेस् । यो प्रोग्राम रन गरिसकेपछि केही चेतावनीजस्तै गरी सूचनाहरु देखिनेछ, जसकाे अर्थ तपाईंको डिभाइसमा पेगाससको नियन्त्रणमा छन् भन्ने चाहिँ होइन ।

पछिल्लो समयमा आएको पेगाससको समाचारहरूले धेरैलाई त्रसित बनाएको छ । एम्नेस्टीको यो प्रोग्रामले भने केही राहत दिन सक्छ ।

-द भर्जबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५