पठाओ ट्याक्सीमा यात्रु र चालकको बीचमा प्लास्टिकको पर्दा अनिवार्य

काठमाडाैं । कोरोना कहरको समयलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बीचमा प्लास्टिक सिल्ड (पर्दा) अनिवार्य गरिएकाे छ । उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई विचार गरी प्लास्टिकको पर्दा अनिवार्य गरिएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

क्याप्टेनले मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजको समेत व्यवस्था हुने भएकाले सुरक्षित हुने बस्न्यात बताउँछन् ।

बस्न्यात भन्छन्, ‘झरीको समयमा पठाओ ट्याक्सी अझ सहज छ । गेटदेखि गेटसम्म सेवा भएकोले झरीको समयमा गन्तव्यसम्म पुग्न पठाओ ट्याक्सी उत्तम विकल्प हो ।’

उनी थप्छन्, ‘चोकमा ट्याक्सी खोज्न जान नपर्ने र पठाओ एपमा नै भाडा देखिने भएकाले बार्गेनिङसमेत गर्न पर्दैन ।’

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो ।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी जेठ ३० गतेदेखि सुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team