close

खल्तीबाट मोबाइल टपअप गर्दा १० प्रतिशत क्यासब्याक पाइने

टेकपाना टेकपाना

साउन १०, २०७८ १२:४३

खल्तीबाट मोबाइल टपअप गर्दा १० प्रतिशत क्यासब्याक पाइने

काठमाडौं । खल्ती वालेट दर्ता गरिएको मोबाइल नम्बरमा टपअप गर्दा १० प्रतिशत क्यासब्याक पाइने भएकाे छ । रिचार्ज कार्ड स्क्र्याच गर्नुपर्ने झन्झटलाई न्यूनीकरण गरी ग्राहकको पैसा र समयको बचत गर्न याे अफर सञ्चालनमा ल्याएको खल्तीको ब्रान्ड तथा मार्केटिङ प्रबन्धक शिरिष श्रेष्ठले बताए ।

एनसेल, नेपाल टेलिकम र स्मार्टको टपअपमा लागू हुने यो अफरअन्तर्गत क्यासब्याक पाउन केवाईसी भेरिफाइ रहेको खल्ती आईडीकै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ । यो योजना सीमित समयावधिको मात्र लागू गरिएकाे उनले जनाए ।

हरेक नेपाली महिनाअनुसार एक महिनाको अधिकतम क्यासब्याक रु. १०० हुनेछ । त्यसपश्चात् एक प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ । आफ्नो बाहेक अरुको नम्बर रिचार्जमा पनि सामान्य रूपमा पाइने एक प्रतिशत उपलब्ध हुनेछ ।

रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्जेक्सन हिस्ट्रीमा पुरै क्यासब्याक पाएको देख्न सकिनेछ । एपको टपअप अप्सनमा गई खल्ती आईडीमा रजिस्टर गरिएको मोबाइल नम्बर र रिचार्ज गर्न चाहेको रकम दाखिला गरेर यो सेवा पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५