close

गरिबी निवारणका लागि ग्रामीण क्षेत्रमा डिजिटल कनेक्टिभिटी बढाउन आह्वान

टेकपाना टेकपाना

साउन १०, २०७८ १३:४२

गरिबी निवारणका लागि ग्रामीण क्षेत्रमा डिजिटल कनेक्टिभिटी बढाउन आह्वान

काठमाडौं । गरिबी निवारणका लागि ग्रामीण क्षेत्रमा डिजिटल कनेक्टिभिटी बढाउन सराेकारवालाले आह्वान गरेका छन् । महामारीको समयमा डिजिटल डिभाइडलाई कम गर्न र आर्थिक रुपान्तरणका लागि ‘क्रस सेक्टर’ बीच सहकार्य आवश्यक रहेकाे भन्दै उनीहरूले ग्रामीण क्षेत्रमा कनेक्टिभिटी बढाउन आह्वान गरेका हुन् ।

बिहीवार फाइनान्सियल टाइम्स र ह्वावेको सहकार्यमा भएकाे ‘स्ट्राटिजी फर अड्रेसिङ द एसिया प्यासिफिक डिजिटल डिभाइड– इन्क्रिजिङ कनेक्टिभिटि टु ड्राइभ इकोनोमिक रिकभरी’ विषयक वेबिनारमा बाेल्ने वक्ताले डिजिटल अवसर प्राप्तिका लागि सबैभन्दा पहिले यसकाे पहुँच विस्तारा जाेड दिए ।

कार्यक्रममा बाेल्दै वक्ताहरूले एसिया प्रशान्त गतिशील बजार डिजिटल पहुँचमा ग्याप देखिएकाले अझै पनि धेरै डिजिटल अवसरहरु गुमिरहेकाे धारणा राखे ।

‘यसको सुरुवात डिजिटल सेवाको निष्पक्ष पहुँचबाट हुन्छ । विशेषगरी कनेक्ट नभएकालाई कनेक्ट गर्दै हामी अघि बढ्नुपर्छ’, ह्वावे एसिया प्रशान्तका प्रमुख डिजिटल प्रतिनिधि माइकल म्याकडोनाल्डले भने, ‘यस क्षेत्रमा डिजिटल डिभाइडका लागि कनेक्टिभिटी, ट्यालेन्ट र ग्रीन टेक्नोलोजी जस्ता तीन प्रमुख स्तम्भ आवश्यक छन् ।’

शांघाई जिओ टोंङ विश्वविद्यालयको अन्टाई कलेज अफ इकोनोमिक्स एन्ड म्यानेजमेन्टका प्राध्यापक यिन हाइटाओले आईसीटी सोलुसनको प्रयोगले आर्थिक विकास र गरिबी निवारणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा कोर्नल विश्वविद्यालयको स्याम्युअल सीं जोनसन कलेजका प्रोफेसर यिन र क्रिस मार्कसद्वारा लिखित ‘डिजिटल समावेशीकरण र गरिबी उन्मूलनः ह्वावेको अप्रोच’ नामक प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो ।

‘कर्पोरेट क्षेत्रले लामो समयदेखि ग्रामीण क्षेत्रमा भएको लगानीलाई व्यवहारिक बनाउने सकिरहेका छैनन्,’ प्रतिवेदनमा भनिएको छ, ‘रुरलस्टार कार्यक्रमको उद्देश्य आईसीटी लागतलाई इनोभेसन मार्फत कम गर्नु हो । जसको मद्धतले स्थानीय क्यारियरहरूले दुर्गम र ग्रामीण क्षेत्रमा व्यावसायिक रूपमा व्यवहारिक डिजिटल सेवा प्रदान गर्न सक्षम हुनेछन् ।’

अविकसित क्षेत्रहरूमा पुग्न र डिजिटल कभरेज सुधार गर्न ह्वावेले २०१७ देखि थाइल्याण्ड, इन्डोनेसिया लगायत विश्वभरका स्थानीय अपरेटरहरूसँगै यस्तो खालको रुरलस्टार कार्यक्रम सञ्चालनमा ल्याएको छ । जसले ठूला टावरहरुलाई साधारण पोलहरूमार्फत् प्रतिस्थापित गर्नेछ र डिजेल, जेनरेटरकाे सट्टा सौर्य ऊर्जाको प्रयोग गर्न सकिने छ ।

२०२० को अन्त सम्ममा, रुरलस्टार कार्यक्रम ६० भन्दा बढी देशमा लागू भइसकेको थियो । पाँच कराेड मानिस यस पहलबाट लाभान्वित भएका थिए ।

रुरलस्टारले मानिसहरु र अविकसित क्षेत्रका संगठनलाई अनलाइनमा उपलब्ध असंख्य स्रोतहरु र अवसरमा पहुँच प्रदान गरिरहेको छ । जसले उनीहरुलाई यी क्षेत्रको विकासमा योगदान पुर्याउन सक्रिय बनाइरहेको उल्लेख गरिएको छ ।

आईसीटी क्षेत्रमा दक्ष अनुभवको अभाव एक प्रमुख पाटो हो । जसले डिजिटल डिभाईड सिर्जना गरिरहेको छ । सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड डिजाइनको ली क्युआन यू सेन्टर फर इनोभेटिभ सीटीका निर्देशक पून किंग वांगले दीर्घकालीन रणनीति र विभिन्न पुस्ताका मानिसहरुको समेट्न र डिजिटलमा रुपान्तरणका लागि श्रमिकको भलाइ सुनिश्चित गर्नुपर्ने बताए ।

एसिया फाउन्डेशनअन्तर्गत आर्थिक कार्यक्रमका निर्देशक सोफिया शाकिलले महिला बेरोजगारीमा महामारीको नकारात्मक प्रभाव र सीप निर्माणमा लगानी गर्नुपर्ने बताए ।

२०१७ मा ह्वावे, बंगलादेश सरकार (आईसीटी डिभिजन) र रोबी एग्जियाटाले संयुक्त रूपमा बंगलादेशको ग्रामीण भागमा महिलालाई डिजिटल सिप प्रदान गर्नका लागि डिजिटल ट्रेनिंग बस परियोजना सुरू गरेको थियो ।

६० हजारभन्दा बढी महिलाले अहिलेसम्म प्रशिक्षण प्राप्त गरिसकेका छन र २०२३ सम्ममा एक लाख ६० हजारले यसबाट फाइदा लिनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५