close

सेलपे एनिभर्सरी अफर, ७ विजेतालाई सामसङ ग्यालेक्सी एफ२२ स्मार्टफोन

टेकपाना टेकपाना

साउन १०, २०७८ १८:४८

सेलपे एनिभर्सरी अफर, ७ विजेतालाई सामसङ ग्यालेक्सी एफ२२ स्मार्टफोन

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी सेलकम प्रालिले आफ्नो वार्षिकोत्सवलाई लक्षित गर्दैे ‘एनिभर्सरी अफर’ सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत सेलपे नेपालका ग्राहकले सेलपे नेपालबाट फोनपेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (सय रुपैयाँसम्म) प्राप्त गर्नेछन् । त्यस्तै बम्पर उपहारमा ७ जना भाग्यशाली विजेताले सामसङ ग्यालेक्सी एफ२२ पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना साउन १६ गतेसम्म लागू हुनेछ । सेलपे नेपालको सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सरल तथा सुरक्षित सेवा हो । जसमा रियल टाइममा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने लगायतका फिचर रहेका छन् ।

यसमार्फत विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, बीमा भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टलगायतमा भुक्तानी गर्न सकिने छ । त्यस्तै फोनपे नेटवर्कका करिब पाँच लाख मर्चेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम ट्रान्सफर, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी लगायतमा रियल टाइममा कारोबार गर्न सकिन्छ ।

यसका साथै प्रयोगकर्ताले सेलपे कार्टमार्फत घरमै बसीबसी विभिन्न सामान खरिद गर्नसमेत सक्नेछन् । कम्पनीका अनुसार सेलपे नेपालमार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत नै हुनेहुँदा सेलपे सेवासँग आवद्ध भएका बैंकका खाताका साथै वालेट लोडबाट पनि ग्राहकले सहज रुपमा यो सेवा लिन सक्नेछन् ।

त्यतिमात्रै नभएर ग्राहकहरुले सेलपे नेपालबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन । सेलपे नेपाल एन्ड्रोइडका लागि गुगल प्ले स्टोर तथा आईओएसका लागि एप्प स्टोरमा उपलब्ध रहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१