close

एनआईसी एसियाको मोबाइल बैंकिङ एपबाट अब सजिलै आईपीओ भर्न सकिने

टेकपाना टेकपाना

साउन १०, २०७८ १९:०

एनआईसी एसियाको मोबाइल बैंकिङ एपबाट अब सजिलै आईपीओ भर्न सकिने

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै मोबाइल बैंकिङ एपमार्फत नै आईपीओको आवेदन दिन सकिने सेवा उपलब्ध गराएको छ ।

बैंकले सुरु गरेको यो सेवा नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक भएको दावी बैंकले जनाएको छ । बैंकका अनुसार एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने छ ।

यस बैंकमार्फत डिम्याट खाता खोल्ने तथा बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ सेवा लिइरहेको ग्राहकले यसमार्फत आईपीओ खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।

कोभिड-१९ महामारीको जोखिम कायम रहेका बेला ग्राहकलाई थप सहज एवं सरल बैंकिङ सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकोमा अबदेखि बैंकसम्म नपुगी मोबाइल बैंकिङ एपमार्फत आईपीओ आवेदन दिन सकिने सेवाको सुरुवात गरिएको हो ।

यसका लागि बैंकका एप प्रयोगकर्ताले एपभित्र रहेको अप्लाई शेयर (Apply Share) आइकनमा ट्याप गरेर आवेदन दिन सक्नेछन् । अप्लाई शेयर आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीमध्ये आफूले चाहेको कम्पनी छनौट गरेर आवेदन दिन सकिने छ ।

त्यसपछि आफूले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर ‘समिट’ गरेपश्चात आवेदन पुरा हुने बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१