प्रेस पास र अनलाइन मिडिया दर्ताको काम डिजिटल प्रणालीबाट सुरू

press accreditation nepal

काठमाडौं । अनलाइनबाटै प्रेस पास, अनलाइन सञ्चारमाध्यम दर्ता एवं नवीकरणको सुविधा सुरू भएकाे छ । सूचना तथा प्रसारण विभागले आइतबारदेखि याे सुविधा कार्यान्वयनमा ल्याएकाे हाे ।

विभागबाट जारी हुने नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण सम्बन्धी सम्पूर्ण कार्य, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरुको सेवा प्रवाह अनलाइनमार्फत हुने भएको हो ।

सेवाग्राहीहरुले आवश्यक कागजात सूचना तथा प्रसारण विभागको वेबसाइटमा आवेदन दिनसक्ने जनाएको छ । साथै अबदेखि विभागमा सेवाग्राहीको प्रत्यक्ष उपस्थितिमा हुने सेवा प्रवाह दिनको १ बजेसम्म मात्र रहने छ ।

अनलाइनमार्फत रितपूर्वक आवश्यक सम्पूर्ण कागजातसहित प्रक्रिया पुरा गरी निवेदन दिएका काठमाडौं उपत्यकाका सेवाग्राहीहरुले भाेलिपल्टै विभागबाट उपलब्ध गराइने र उपत्यका बाहिरका सेवाग्राहीको हकमा सेवाग्राहीको अनुकूलता/मागअनुसार विभाग वा सम्बन्धित जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने गरिने व्यवस्था गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team