close

१२ जीबी र्‍याम भएको ‘वनप्लस नोर्ड २’ नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

साउन ११, २०७८ ११:३०

१२ जीबी र्‍याम भएको ‘वनप्लस नोर्ड २’ नेपाली बजारमा, कति होला मूल्य ?


काठमाडौं । चिनियाँ ब्राण्ड वनप्लसले नेपाली बजारमा फाइभजी स्मार्टफोन ‘वनप्लस नोर्ड २’ सार्वजनिक गरेको छ । कम्पनीले क्यामेरा, पर्फमेन्स, चार्जिङ, डिजाइन लगायतका विभिन्न पक्षमा अपग्रेड गर्दै यो फोन बजारमा ल्याएको बताएको छ ।

नेपाली बजारमा मंगलबारदेखि दराजलगायत मुख्य रिटेल स्टाेरहरूमा यो फोन बिक्रीका लागि खुला गरिने कम्पनीले जनाएको छ । कम्पनीले ८ जीबी र्‍याम तथा १२८ इन्टर्नल स्टोरेज भेरियन्टकाे मूल्य ५९ हजार ९९९ रूपैयाँ निर्धारण गरेकाे छ ।

त्यस्तै १२ जीबी र्‍याम तथा २५६ इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य ६९ हजार ९९९ रूपैयाँ तोकिएको छ । साथै कम्पनीले एक वर्षसम्म स्क्रिन ब्रेकेज इन्स्योरेन्सको सुविधा दिएको छ ।

एन्ड्रोइड ११ मा आधारित अक्सिजन ओएस ११.३ मा रन हुने यो फोनमा ९० हर्ज रिफ्रेस रेटसहित ६.४३ इन्चको फुल एचडी प्लस (१०८०x२४०० पिक्सेल) फ्लुइड एमोलेड डिस्प्ले र २०ः९ आस्पेक्ट रेसियो रहेको छ ।

फोनमा मिडियाटेक डाइमेन्सिटी १२००-एआई चिपसेट छ । त्यस्तै ५० मेगापिक्सेलको सोनी आईएमएस ७६६ प्राइमेरी सेन्सरसहित ट्रिपल रियर क्यामेरा सेटअप छ । सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

त्यस्तै फोनमा ४५०० एमएएचको ब्याट्री छ, जसले ६५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१