नेपाल टेलिकम बन्यो धेरै कर बुझाउने दूरसञ्चार कम्पनी

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा धेरै कर तिर्ने शीर्ष तीन कम्पनीको सूचीमा दुई दूरसञ्चार कम्पनी परेका छन् । जसमा सरकारी स्वामित्वको नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) दूरसञ्चार क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ ।

गत आवमा सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा टेलिकम दोस्रो स्थानमा छ । याे सूचीको पहिलो नम्बरमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल छ । गत आर्थिक वर्षमा टेलिकमले अग्रिम आयकर र भ्याट गरी कूल ९ अर्ब कर बुझाएको उल्लेख छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै एक अर्ब ३० करोड कम हो ।

टेलिकमले अघिल्लो आर्थिक वर्षमा आयकरतर्फ ८ अर्ब ७ करोड र भ्याट २ अर्ब ३३ करोड तिरेको थियो । अन्तर्राष्ट्रिय कलमा आएको गिरावटका साथै कोरोनाका कारण म्यासेन्जर, भाइबर, ह्वाट्सएपजस्ता ओभर दी टप (ओटिटी) एपको बढ्दो प्रयोगले कम्पनीको आम्दानी निरन्तर रुपमा घटिरहेको छ । जसको प्रतिफल कम्पनीले गत वर्षको तुलनामा कम कर बुझाएको कम्पनीले जनाएको छ ।

त्यस्तै सबैभन्दा बढी कर तिर्ने सूचीको तेस्रो नम्बरमा निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल आजियाटा रहेको छ । एनसेलले गत आर्थिक वर्षमा ८ अर्ब कर तिरेको जनाइएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा भने निकै नै कम हो ।

एनसेलले अघिल्लो आवमा कम्पनी खरीद-बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर पनि तिरेका कारण ३३ अर्ब ९५ करोड भन्दा बढी कर तिरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team