close

युट्युव बन्यो १० अर्ब डाउनलोड पुरा गर्ने विश्वकै पहिलो एप

टेकपाना टेकपाना

साउन ११, २०७८ १९:४१

युट्युव बन्यो १० अर्ब डाउनलोड पुरा गर्ने विश्वकै पहिलो एप

काठमाडौं । गुगलको भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युवले गुगल प्ले स्टोरमा १० अर्ब डाउनलोड पुरा गरेको छ । जुन विश्वको जनसङ्ख्याभन्दा पनि बढी हो । जब कि हाल विश्वको जनसंख्या ७.९ अर्ब रहेको छ । त्यसो त १० अर्ब डाउनलोडको आँकडा केवल गुगल प्ले स्टोरको मात्रै हो ।

यसमा एप्पल एप स्टोरको डाउनलोडलाई जोडिएको छैन । नाइनटुफाइभगुगलको रिपोर्ट अनुसार यो लोकप्रिय भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युव बितेको एक दशकमा विश्वमै सबैभन्दा बढी डाउनलोड र प्रयोग भएको एप हो ।

कोरोना भाइरसको महामारीका कारण युट्युवमा कन्टेन्ट बनाउने र हेर्ने प्रयोगकर्ताको संख्या निकै बढेको छ । युट्युव करिब सबैजसो एन्ड्रोइड फोनमा प्रि इन्स्टल रुपमा आउने गर्दछ । चाहे त्यो बजेट फोन होस् वा महँगो प्रिमियम तथा फ्ल्यागशिप नै किन नहोस् ।

युट्युव गुगल प्ले स्टोरका साथै एप्पलको एप स्टोरमा समेत डाउनलोडका लागि उपलब्ध छ । एप्पलले एपको डाउनलोड संख्या सार्वजनिक गर्दैन । तर गुगल प्ले स्टोरमा भने युट्युव एप १० अर्बभन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरेको देखिन्छ ।

अक्टोबर २०२० सम्म युट्युवका केवल ३० लाख प्रयोगकर्ताले पैसा तिर्ने गर्दथे । युट्युव पछि धेरै डाउनलोड हुने एपमा फेसबुक रहेको छ । जसको डाउनलोड ६ अर्बमाथि छ । त्यसैगरी फेसबुक मेसेञ्जर ५ अर्बभन्दा बढी र इन्स्टाग्राम तीन अर्बमाथि डाउनलोड भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१