close

व्यवसायिक कर्जाका लागि अनलाइनबाटै आवेदन दिन सकिने

टेकपाना टेकपाना

साउन १२, २०७८ ६:४०

व्यवसायिक कर्जाका लागि अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ ।

बैंकले साना तथा मझौला कर्जा लिन चाहाने आफ्ना ग्राहकहरूका लागि सो व्यवस्था सुरू गरेको हो । बैंकका अनुसार इच्छुक ग्राहकले बैंकको वेबसाइटमा गई साना तथा मझाैला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

यो सुविधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन् ।

बैंकले आधिकारिक वेबसाइटमार्फत ऋण कर्जाका लागि आवेदन दिने सीमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’अनुरूप रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१