close

विच्याटमा नयाँ रजिस्ट्रेसन रोकियो

टेकपाना टेकपाना

साउन १२, २०७८ १९:१३

विच्याटमा नयाँ रजिस्ट्रेसन रोकियो

काठमाडौं । चीनमा सबैभन्दा बढी प्रयोग हुने म्यासेजिङ एपका रुपमा स्थापित विच्याटमा केही समयका लागि नयाँ रजिस्ट्रेसन रोकिएको छ । सिस्टम अपग्रेडका कारण टेक्नाेलाेजी जायन्ट कम्पनी टेन्सेन्टको विच्याटमा नयाँ रजिस्ट्रेसन रोकिएको हो ।

प्रयोगकर्ताको गोपनीयता र डेटा सुरक्षाको विषयलाई लिएर हाल चीन सरकारले सेवाप्रदायकलाई कसिरहेको छ । यसैक्रममा सरकारले प्रयोगकर्ताको डेटा रहने स्टोर सुरक्षित हुनुपर्ने प्रावधान राखेको छ । जसका कारण हाल चीनका धेरै टेक कम्पनीहरू सरकारको त्यही नीति अनुसार आफ्नो प्लाटफर्म तयार गरिरहेका छन् ।

यसअनुरूप विच्याटले पनि आफ्नो सिस्टमलाई अपग्रेड गरिरहेको हो । जसले गर्दा केही समयका लागि नयाँ रजिष्ट्रेसन भने बन्द भएको कम्पनीले जनाएको छ ।

कम्पनीले कहिलेसम्म नयाँ रजिस्ट्रेसन रोकिने भन्ने विषयमा कुनै जानकारी भने दिएको छैन । तर, पनि जुलाईको अन्त्यसम्मका लागि नयाँ रजिस्ट्रेसन रोकिन सक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१