नेपालमा पब्जी र फ्री फायर बन्द गर्न सांसदको माग

काठमाडौं । पब्जी र फ्री फायर जस्ता गेमले बालबालिकालाई बिगारेको भन्दै बन्द गर्नुपर्ने माग संसदमा उठेकाे छ । आज भएको प्रतिनिधि सभाको वैठकमा बोल्दै सांसद आशाकुमारी विकले नेपालमा पब्जी र फ्री फायर बन्द गर्न माग गरेकी हुन् ।

कोरोना महामारीका कारण अनलाइन शिक्षाका लागि इन्टरनेटको प्रयोग बढेको कुरा खुशी कुरा भए पनि बालबालिकाहरू पब्जी र फ्रिफायर जस्ता खेलको लतमा फसेको उनकाे बुझाइ छ ।

‘यस्तो खेलहरूको लतले बालबालिकामा डराउने, झस्कने, जिद्दीपना जस्ता स्वभाव देख्दा सामान्य लाग्ला । तर पछि गएर मानसिक रोगीको अस्पतालको अभाव हुने संकेत देखिएको छ,’ उनले भनिन ।

यसर्थ सरकारले यस्ता अनलाइन खेलहरू तत्काल बन्द गर्नुपर्ने तर्क उनकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team