close

नागरिक एपबाटै अब मेगा बैंकमा खाता खोल्न सकिने

टेकपाना टेकपाना

साउन १२, २०७८ २१:२५

नागरिक एपबाटै अब मेगा बैंकमा खाता खोल्न सकिने

काठमाडौं । अब नागरिक एपबाट मेगा बैंककाे खाता खाेल्न सकिने भएकाे छ । यसका लागि बैंक र नागरिक एपबीच सहकार्य सुरू भएकाे भएकाे छ । याे सहकार्यसँगै बैंक खाता खोल्दा कागजात तथा पहिचान प्रमाणीकरण गराउन बैंकमै पुग्नुपर्ने बाध्यता अब हुने छैन ।

डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो सरकारको महत्वपूर्ण कार्यक्रम भएकाले बैंकले सहयोगी हातको भूमिका खेली हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

बैंकका डिजिटल एन्ड ईबैंकिङ विभाग प्रमुख विश्व सिंहका अनुसार नागरिक एपको प्रयोग गरी सजिलै खाता खोल्न सकिनुका साथै बैंकका ग्राहकहरुले प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।

याे पनि पढ्नुहाेस् : नागरिक एपबाट बैंक खाता कसरी खोल्ने ? (तरिकासहित)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१