ट्रेन्डिङ:
फोन पेको ‘आम्मामामा’ अफर, हरेक दिन एक लाख जित्ने अवसर टेलिकमका ग्राहकले जान्नैपर्ने युएसएसडी कोड, यसरी लिनुहोस् सेवा फोनमा राखेको प्याटर्न बिर्सनुभयो ? यस्तो छ अनलक गर्ने सहज तरिका एसएमएसबाट यसरी थाहा पाउनुहोस मुग्लीन-नारायणगढको सडकको अवस्था तातो खाना फ्रिजमा राख्दा के हुन्छ ? गुगल सर्चमा यस्ता कुरा नखोजेकै बेस तातो खाना फ्रिजमा राख्दा के हुन्छ ? मेटा र मार्क जुकरबर्गकै विरुद्ध उल्टोसुल्टो बोल्न थाल्यो कम्पनीले बनाएको च्याटबट  नयाँ आईफोनमा यसरी ट्रान्सफर गर्नुहोस् पुरानो एन्ड्रोइड फोनको डेटा यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ?
close

फोन पेको ‘आम्मामामा’ अफर, हरेक दिन एक लाख जित्ने अवसर

टेकपाना टेकपाना

साउन १३, २०७८

फोन पेको ‘आम्मामामा’ अफर, हरेक दिन एक लाख जित्ने अवसर

काठमाडौं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले ‘आम्मामामा….क्यूआरमा उपहार, दिनदिनै १ लाख’ नामक अफर सञ्चालनमा ल्याएको छ । व्यवसायीलाई लक्षित गर्दै ल्याइएको यस अफरमा हरेक दिन एक जना व्यवसायीले एक लाखसम्म जित्न सक्नेछन् ।

क्यूआरमा आधारित डिजिटल कारोबारलाई बढावा दिने उद्देश्यका साथ कम्पनीले यो योजना अघि बढाएको हो । कम्पनीका अनुसार व्यवसायीले ग्राहकको भुक्तानी फोन पेमार्फत लिएर यस अफरमा सहभागी हुन सक्नेछन् । त्यसका लागि व्यवसायीले फोन पे बिजनेशमा भने सहभागी हुनु पर्नेछ ।

यदि यसअघि नै फोन पे बिजनेशमा सहभागी भइसकेको खण्डमा स्वतः यो योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जो व्यवसायी हालसम्म पनि फोन पे बिजनेशमा सहभागी भएका छैनन् उनीहरूले फोन पेको बिजनेश एप डाउनलोड गरी त्यहीँबाट दर्ता गराउन सक्नेछन् ।

त्यसरी दर्ता सोही एपमार्फत बैंक अकाउन्ट पनि लिंक गराउनु पर्नेछ । अथवा कम्पनीको वेबसाइटमार्फत पनि फोन पे बिजनेशमा दर्ता हुने सकिने छ । दर्ता भएसँगै व्यवसायीले आफ्ना ग्राहकबाट हुने भुक्तानी क्यूआरमार्फत लिएको खण्डमा सोझै यो अफरमा सहभागी हुने कम्पनीले जनाएको छ ।