प्रधानमन्त्रीका हरेक कामको अपडेट अब भाइबरमै

Sher-bahadur-deuba-viber-community-techpana

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भाइबरमा जोडिएका छन् । आफूले गरेका सम्पूर्ण कामको जानकारी भाइबरमार्फत नै दिने उद्देश्यसहित उनको भाइबर कम्युनिटी बनाइएको हो ।

पछिल्लो समय भाइबर कम्युनिटीमा जोडिने क्रम बढेकाे छ । विभिन्न संघ संस्था तथा व्यक्तिहरूले भाइबरमार्फत नै आफ्ना जानकारी प्रदान गरिरहेका छन् । भाइबरमार्फत सिधै प्रयोगकर्तालाई जानकारी दिन सकिने हुँदा यसको प्रभावकारी पनि बढेकाे छ ।

यसैक्रममा प्रधानमन्त्री देउवाका गतिविधि भाइबरबाट अपडेट गराउन थालिएकाे छ । भाइबरमा ‘Sher Bahadur Deuba’ सर्च गरी सोझै याे कम्युनिटीमा जोडिन सकिने छ ।

भेरिफाइड अकाउण्ट यकिन गरेर मात्र याे भाइबर कम्युनिटीमा जाेडिनसमेत आग्रह गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team