close

सिन्धुपाल्चोकका बाढी पीडित सवडिलरलाई डिशहोमको राहत

टेकपाना टेकपाना

साउन १३, २०७८ १५:५४

सिन्धुपाल्चोकका बाढी पीडित सवडिलरलाई डिशहोमको राहत

काठमाडौं । असारको पहिलो सातामा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा अतुलनीय क्षति पुग्यो । मेलम्ची खोला छेउका तीन दर्जनभन्दा बढी घर पूर्णरूपमा क्षति भए भने सयौं घर प्रभावित भए ।

मेलम्ची बजारमा व्यापार व्यवसाय गरेर बस्ने व्यवसायीहरूले सबैभन्दा ठूलो क्षति बेहाेरे । त्यसैलाई मध्यनजर गर्दै डिशहोमले आफ्ना सवडिलरलाई सहयोग उपलब्ध गराएको छ ।

डिशहोमको सुरुवाती समयदेखि डिलरको रुपमा जोडिएका व्यवसायीले सञ्चालन गरिरहेको पसलमा बाढीका कारण सम्पूर्ण सामानसँगै डिशहोमको उपकरण (एन्टेना, सेटअप बक्स) मा समेत क्षति पुगेको छ ।

त्यस क्षेत्रमा रहेका डिशहोमका ग्राहकलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउन सहज होस् भन्ने उद्देश्यका साथ कम्पनीले मेलम्चीका अति प्रभावित ५ जना सवडिलरलाई जनही एक लाख रुपैयाँका दरले राहत प्रदान गरेको हो ।

डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका छन् । बाढीबाट अति प्रभावित सवडिलर झलकबहादुर पण्डित, नेत्रबहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१