फेसबुकमा स्पोन्सर पेज र एडबाट छुटकारा पाउन यसो गर्नुहोस्

काठमाडौं । फेसबुकमा आइरहने विज्ञापन र प्रायोजित पेजबाट सबैजसो दिक्दार भएका छन् । यसलाई हटाउने विधि हामी सबै खोजिरहेका हुन्छौं । 

तर तपाईं हाम्रो डेटामा बाँच्ने फेसबुकको रेभन्यू मोडालिटीको प्रमुख हिस्सा विज्ञापनलाई रोक्न सजिलो छैन । 

तर तपाईंले कुनै पनि पेज झुक्किएर लाइक गर्नुभएको छ वा कुनै पनि एड निरन्तर तपाईंको फिडमा आइरहन्छ भने त्यसलाई हाइड गर्ने अप्सन आज हामी तपाईंलाई बताउने छौं । 

यसका लागि सबैभन्दा पहिले अकाउन्टको ड्रप डाउन मेनुमा Setting भित्र जानुहोस् । 

त्यसपछि फेसबुकको सेटिङ तल ड्रप डाउन मेनुमा रहेको Ads क्लिक गर्नुहोस् । एडभित्र Advertisers मा क्लिक गरेपछि ‘Advertisers You’ve Seen Most Recently’ लेखिएको हेडिङ तल तपाईंले फेसबुकमा अधिकांश देख्ने विज्ञापन र फेसबुक पेजको सूची देखा पर्छन् । 

त्यो सूचीको साइडमा Hide Ads भन्ने बटन हुन्छ । आफूले हेर्न नचाहेको पेजको साइडमा रहेको हाइड एड्समा ट्याप गर्दै जानुहोस् । यदि गरेपछि यी पेेजबाट तपाईंको फिडमा कुनै पनि विज्ञापन आउने छैन । 

यस्तै यही पेजमा तपाईंले लाइक गरेका पेजहरु पनि आउने छन्, जसलाई तपाईंले सबैलाई चयन गर्दै हाइड गर्न सक्नुहुन्छ । 

यो विधि अपनाइसकेपछि तपाईंलाई दिक्क लगाउने विज्ञापनहरु तपाईंको फिडबाट हराएर जानेछन् । तर तपाईंले फेसबुक एडलाई नै भने पूर्णरुपमा बन्द गर्न सक्नुहुन्न । 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team