close

१२० हर्ज रिफ्रेश रेट सहित ‘पोको एक्स थ्री जीटी’ सार्वजनिक, कति होला मूल्य ?

टेकपाना टेकपाना

साउन १४, २०७८ ११:४६

१२० हर्ज रिफ्रेश रेट सहित ‘पोको एक्स थ्री जीटी’ सार्वजनिक, कति होला मूल्य ?

काठमाडौं । साओमीले पोको एक्स थ्री जीटी सार्वजनिक गरेको छ । विश्वबजारमै पहिलो पटक बुधबार मलेसिया र भियतनाममा सार्वजनिक गरिएको यो फोन गत वर्ष सेप्टेम्बरमा सार्वजनिक भएको पोको एक्स थ्रीको अपग्रेटेड भर्सन हो ।

मूल्यअनुसार यो फोन निकै मजेदार फिचर तथा स्पेसिफिकेसनका साथ बजारमा आएको छ । फोनको पछाडि भागमा तीन ओटा क्यामेरा राखिएका छन् । जसमा ६७ वाट फास्ट चार्जिङ सपोर्ट समेत दिइएको छ ।

पोको एक्सथ्री जीटी को ८ जीबी र्‍याम तथा १२८ जीबी रोम भेरियन्टको मूल्य मलेसियामा १२९९ रिङ्गिट अर्थात् साढे ३६ हजार रूपैयाँकाे हारहारीमा रहेको छ भने ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य १५९९ रिङ्गिट अर्थात् करिब ४५ हजार रूपैयाँ रहेको छ ।

क्लाउड ह्वाइट, स्टारगेज ब्ल्याक र वेब ब्लु कलर अप्सनमा यो फोन उपलब्ध गराइएको छ । भियतनाममा यो फोन ८ जीबी र्‍याम तथा २५६ जीबी रोम भेरियन्टमा मात्रै उपलब्ध गराइएको छ । जसको मूल्य भीएनडी ७९९०००० अर्थात् ४१ हजार रूपैयाँकाे हारहारीमा राखिएको छ ।

तर नेपाल सहितका अन्य देशमा यो स्मार्टफोन कहिलेबाट उपलब्ध हुन्छ भन्ने विषय स्पष्ट भइसकेको छैन । यसलाई चीनमा सार्वजनिक भएको रेड्मी नोट टेन प्रो फाइभजीको रिब्रान्डेड भेरियन्ट मानिएको छ ।

यस्तो छ स्पेसिफिकेसनः 

पोको एक्स थ्री जीटीमा १२० हर्ज रिफ्रेश रेट तथा २४० हर्ज टच स्याम्पलिङ रेट रहेको छ । ६.६ इन्च फुल एचडी प्लस डिस्प्ले रहेको यो फोनमा १०८० बाई २४०० पिक्सेल रेजोलुसन रहेको छ ।

यसमा ८ जीबी एलपीडीडीआर४एक्स र्‍याम तथा माली-जी७७ जीपीयूका साथ मिडिया टेक डाइमेन्सिटी १०० प्रोसेसर राखिएको छ ।

फोटोग्राफीका लागि यसको पछाडि भागमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा राखिएको छ ।

त्यस्तै सेल्फीका लागि यो स्मार्टफोनमा अगाडि भागमा १६ मेगापिक्सेलको क्यामेरा छ । कनेक्टिभिटीको कुरा गर्ने हो भने फाइभजी सपोर्ट रहेको यो फोनमा वाईफाई ६, ब्लुटुथ भी ५.२, जीपीएस र यूएसबी टाइप सी पोर्ट दिइएको छ ।

यसको फिंगरप्रिन्ट सेन्सर साइड माउन्टेड छ । पावरका लागि यसमा ५,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । डल्बी एटमसको साथमा डुअल स्पिकर रहेको यो  फोन आकर्षक डिजाइनमा आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१