close

एलन मस्कले पाएको ठेक्का हात पार्न नासालाई बेजोसको २ अर्ब डलरको अफर

टेकपाना टेकपाना

साउन १४, २०७८ १२:५१

एलन मस्कले पाएको ठेक्का हात पार्न नासालाई बेजोसको २ अर्ब डलरको अफर

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसले ‘मुन कन्ट्रयाक्ट’ आफ्नो कम्पनी ब्लु ओरिजनलाई प्रदान गर्न नासालाई दुई अर्ब डलरकाे अफर गरेका छन् । यसअघि उक्त ठेक्का नासाले एलन मस्कको कम्पनी स्पेसएक्ससँग गर्ने भन्दै सम्झौता गरिसकेको छ ।

उक्त सम्झौताअनुसार सन् २०२४ भित्र चन्द्रमाको सतहमा सुरक्षित रुपमा अवतरण गर्न ‘ल्याडिङ क्राफ्ट’ निर्माण गर्नुपर्नेछ । त्यसका लागि नासाले गएको अप्रिल महिनामा मात्रै स्पेसएक्ससँग सम्झौता गरेको थियो ।

नासाले ब्लु ओरिजनको प्रस्तावलाई नकार्दै स्पेस एक्सलाई २.९ अर्ब डलरमा उक्त कामको जिम्मा दिएको थियो ।

उक्त मिसनका लागि नासाले अमेरिकी सरकारसँग कूल ३.३ अर्ब डलर मागेको थियो । तर, अमेरिकी सदनले ८५ कराेड डलर मात्रै उपलब्ध गराउने निर्णय गरेसँगै अहिले यो घटना बाहिर आएको हो ।

यस्तो अवस्थामा बेजोसले आफूले दुई अर्ब डलर दिन तयार रहेको बताएका छन् । तर, त्यसको सट्टामा उक्त परियोजना आफूले पाउनुपर्ने उनको प्रस्ताव छ ।

बेजोसको प्रस्तावबारे पूर्ण जानकार भए पनि नासाले हालसम्म आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१