close

‘सुगर ड्याडी-मम्मी’ बनाउने डेटिङ एपमाथि गुगलको प्रतिबन्ध

टेकपाना टेकपाना

साउन १५, २०७८ १३:४९

‘सुगर ड्याडी-मम्मी’ बनाउने डेटिङ एपमाथि गुगलको प्रतिबन्ध

काठमाडौं । केही समय अघि मात्र आफ्नो प्ले स्टोरले आफ्नो नीति परिवर्तन गर्दै “सुगर” डेटिङ एपमाथि प्रतिबन्ध लगाएको छ । सेप्टेम्बर १ तारिख देखि लागू हुने गरी गुगलले यो नयाँ नीति ल्याएको हो ।

सुगर शब्दको अर्थ दुई व्यक्ति सम्बन्धमा रहँदा एकले अर्कोलाई महँगो उपहारहरू दिने, घुमाउन लाने, पैसा दिने जस्ता गतिविधिहरू हुन्छन् । विशेष गरी युवा युवतीहरू आफू भन्दा धेरै उमेर भएका पुरुष वा महिलासँग पैसाको लागि सम्बन्धमा बस्ने अवस्थालाई ‘सुगर रिलेशन’ भनिन्छ ।

पुरुष भएको खण्डमा सुगर ड्याडी भनिन्छ भने महिला भएको खण्डमा सुगर ममी भन्ने गरिन्छ । गुगल भने यस खालका सम्बन्धलाई प्रोत्साहन गर्ने एपहरूको पक्षमा नभएको देखिएको छ । गुगल प्ले स्टोरमा डेटिङसँग सम्बन्धित सयौँ एपहरू उपलब्ध छन् ।

ती मध्ये एकदमै नाम कमाएका एप टिन्डर, बम्बल र ओकेक्युपिड हुन् । यी एपहरू पनि सुगर ड्याडी एपको रुपमा चिनिन्छन् । अब यस्ता सुगर डेटिङ एपहरू गुगलको नीति विपरित हुने कम्पनीले बताएको छ ।

यसको अर्थ सेप्टेम्बर १ देखि गुगल प्ले स्टोरबाट यस्ता एपहरू हटाइनेछ । यद्यपि यो नीतिमा गुगल पूर्वाग्रही भएको आरोप पनि रहेको छ । तर गुगलले भने टिन्डरलाई सुगर ड्याडी एपको रुपमा मूल्याङ्कन गरेको छैन ।

हुन त यी एपहरू मार्फत आफूले खोजेको जस्तो मान्छेसँग दुई जनाको सहमतिमा दुवैलाई फाइदा हुने सम्बन्धमा बस्ने गरिन्छ । यसको अर्थ टिन्डर बाहेक अन्य एपहरूमा प्रयोगकर्ताले एउटा राम्रो सम्बन्धको सुरुवात गर्न मान्छे नै नखोज्ने अथवा टिन्डरमा चाहिँ प्रयोगकर्ताले सुगर ड्याडी वा सुगर ममी नखोज्ने भन्ने हुन्न ।

तर गुगल भने टिन्डर प्रतिबन्ध गर्ने पक्षमा छैन । यसको अर्थ आफूलाई सुगर ड्याडीको रुपमा प्रमोसन गरिरहेको एपलाई मात्र गुगलले निशाना लगाएको हो कि भनेर बुझ्न सकिन्छ । सायद आफ्नो विवरणमा सुगर ड्याडी एप भनेर नलेखिएको एपहरू भने गुगलको यो नीतिबाट जोगिन पनि सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१