close

इन्टरनेट सेवामा खटिने कर्मचारीले अझै पाएनन् कोभिड-१९ खोप

टेकपाना टेकपाना

साउन १६, २०७८ १४:५४

इन्टरनेट सेवामा खटिने कर्मचारीले अझै पाएनन् कोभिड-१९ खोप

काठमाडौं । इन्टरनेटलाई अति आवश्यक सेवाको रुपमा सूचीकृत गरिएपनि यो सेवामा खटिने कर्मचारीले कोभिड १९ विरुद्धको खोप लगाउन नपाएको भन्दै इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले ध्यानकर्षण गराएको छ ।

स्वास्थ्य सेवा विभागले यसअघि नै अति आवश्यक सेवा प्रवाहमा खटिने व्यक्तिहरुलाई प्राथमिकताका साथ खोप प्रदान गर्ने निर्णय गरे पनि थुप्रै जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रसाशन कार्यालयहरुले सो निर्णय पालना नगरेको भन्दै आईस्पानले सम्बन्धित निकायलाई ध्यानकर्षण गराएको हो ।

‘दुई पटकसम्म कोभिड-१९ विरुद्धको खोप प्रदान गर्ने निर्णय गरे तापनि थुप्रै जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रसाशन कार्यालयहरुले निर्णयलाई पालना नगरेको देखिएकोले सो विषयप्रति गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कौभिड-१९ संकट व्यवस्थापन केन्द्र, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्दै यो विषयलाई गम्भीरतापूर्वक लिनका लागि आग्रह गर्न चाहन्छौं,’ संघकाे विज्ञप्तिमा उल्लेख छ ।

सेवाप्रदायकका थुप्रै कर्मचारीहरुमा कोभिड-१९ संक्रमण देखिन थालेकाले अब पनि इन्टरनेट सेवा प्रदायकका कर्मचारीलाई तुरुन्त कोभिड १९ विरुद्धको खोप उपलब्ध नगरेमा इन्टरनेट सेवामा अवरोध पुग्न सक्ने खतरा रहेकाे संघले जनाएकाे छ ।

PRESS-RELEASE-of-Intenet-Service-Providers-Association-Nepal-ISPAN

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१