close

सफ्टवेयरले काम नगरेपछि रूसी रकेट नियन्त्रण बाहिर

टेकपाना टेकपाना

साउन १६, २०७८ १९:४

सफ्टवेयरले काम नगरेपछि रूसी रकेट नियन्त्रण बाहिर

काठमाडौं । बिहीवार भएको रसियाको रकेट दुर्घटनामा रसियन स्पेस एजेन्सीले सफ्टवेयरमा भएको समस्यालाई दोष दिएकाे छ ।

रसियन अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले अल्पकालीन सफ्टवेयर विफलताको कारण यसको ‘नौका’ बहुउद्देश्यीय प्रयोगशाला मोड्युलको रकेटको इन्जिनमा आगो लागेर इन्टरनेशनल स्पेस स्टेशन (आईएसएस) सँग डक भएपछि आईएसएस आफ्नो सामान्य स्थितिबाट सरेको बताएको छ । 

बिहीवार रसियन मोड्युलमा अप्रत्याशित रुपमा आगो लाग्दा आईएसएस आफ्नो स्थानबाट ४५ डिग्री पर सरेको थियो ।

‘छोटो समयका लागि सफ्टवेयर विफलताको कारण एउटा सिधा कमान्ड गल्तीले फिर्ता लिनका लागि मोड्युलको इन्जिनलाई सक्रिय गरायो, जसले गर्दा यो समस्या उत्पन्न हुन पुग्यो,’ रसिया स्पेस स्टेसनका फ्लाइट डिरेक्टर भ्लादिमिर सोलोभ्योभले एक विज्ञप्तिमार्फत बताएका छन् ।

सानो गल्तीका कारण रकेटले नियन्त्रण गुमाउन पुग्दा आईएसएस आफ्नो स्थितिबाट केही समय हटेपनि यो आफ्नो यथास्थितिमा फर्केकाे नासाले जनाएको छ ।

‘सबै स्टेशनहरू अहिले आफ्नै स्थितिमा छन् भने सबै आईएसएस र बहुउद्देश्यीय ल्याबोरेटरी मोड्युल प्रणालीहरूले पनि सामान्य रुपमा काम गरिरहेका छन्,’ सोलोभ्योभले भने ।

हाल नौका रकेटका क्रुहरू अन्तरिक्षमा यसको सन्तुलन मिलाउन काम गरिरहेको उनले बताए ।  नौकाको अर्थ रसियन भाषामा विज्ञान भन्ने हुन्छ । नौकाले अन्तरिक्षमा मानिस तथा कार्गो पुर्‍याउने काम गर्छ ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१