close

ओप्पोले पनि म्याग्नेटिक वायरलेस चार्जर ल्याउँदै, कस्ता होलान् फिचर ?

टेकपाना टेकपाना

साउन १६, २०७८ २०:२२

ओप्पोले पनि म्याग्नेटिक वायरलेस चार्जर ल्याउँदै, कस्ता होलान् फिचर ?

काठमाडौं । एप्पलले आईफोनका लागि लक्षित गर्दै म्यागसेफ चार्जर ल्याइसकेको छ । एन्ड्रोइड स्मार्टफोनका लागि पहिलो पटक रियलमीले अगस्ट ३ मा ‘म्यागडर्ट’ नामक चुम्बकीय वायरलेस चार्जर ल्याउने तयारी गरेको छ ।

ओप्पोकाे सहायक ब्राण्ड रियलमीले मात्रै होइन, अब ओप्पो स्वयंले पनि म्यग्नेटिक चार्जर ल्याउने भएको छ । हालै सार्वजनिक भएको टिजरअनुसार ओप्पोले पनि म्याग्नेटिक चार्जरमा काम गरिरहेको पाइएको हो ।

तर यसमा कस्ता फिचर हुनेछन् भन्ने विषयमा हालसम्म कुनै स्रोतले जानकारी दिएका छैनन् । टिजरअनुसार अनुमान लगाउन सकिन्छ कि ओप्पोको म्याग्नेटिक चार्जर धेरै स्लिम हुनेछ, जसमा यूएसबी सी पोर्ट पनि देख्न सकिन्छ ।

अर्कोतर्फ रियलमीले भने आफ्नो अपकमिङ म्याग्नेटिक चार्जरको धेरै स्पेसिफिकेशन बाहिर ल्याइसकेको छ । यो एप्पलको म्यागसेफ चार्जरभन्दा ४४० प्रतिशत फास्टर रहेको दाबी गरिएको छ । यसले ८१ वाटसम्मको चार्जिङ प्रदान गर्ने छ, जसले वायरलेस चार्ज गतिमा सबै रेकर्ड तोड्ने बताइएकाे छ ।

याे पनि पढ्नुहाेस् : एप्पलले ल्याएको म्यागसेफ चार्जिङ प्रविधिबारे जान्नैपर्ने कुरा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१