close

अमेजनका मालिक बेजोसको सम्पत्ति १६ खर्बले घट्यो

टेकपाना टेकपाना

साउन १७, २०७८ १३:३८

अमेजनका मालिक बेजोसको सम्पत्ति १६ खर्बले घट्यो

काठमाडौं । अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति १३.५ अर्ब अमेरिकी डलर अर्थात् १६ खर्ब ११ अर्ब रूपैयाँभन्दा बढीले घटेको छ । सन् २०२१ को दोस्रो त्रैमासिकमा अपेक्षित आम्दानी गर्न नसकेसँगै बेजाेसकाे कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

शेयर बजारमा आएको याे गिरावटले बेजोसको सम्पत्ति पनि एकैपटक घटेको हो । उक्त रकम बेजोसको पछिल्लो एक वर्षमा बढेको सम्पत्तिको ८० प्रतिशत हो । भने, सन् २०२१ मा अमेरिकी रिसर्च संस्था नासाले पाएको बजेटको ५८ प्रतिशत भएको उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेजनको शेयर मूल्य ७.२ प्रतिशतले घटेको छ । यसरी ठूलो मात्रामा शेयरमा आएको गिरावटका बावजुद पनि बेजोस विश्वका सबैभन्दा धनी व्यक्तिको सुचीमा पहिलो नम्बरमै छन् ।

उनी अझै पनि टेस्लाका मालिक एलन मस्कभन्दा ८ अर्ब डलरले अघि रहेका छन् । 

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१