close

बिटक्वाइन माइनिङ गरेर यी १९ वर्षीय युवाले कमाउँछन् वार्षिक ६४ लाख

टेकपाना टेकपाना

साउन १७, २०७८ १६:१७

बिटक्वाइन माइनिङ गरेर यी १९ वर्षीय युवाले कमाउँछन् वार्षिक ६४ लाख

काठमाडौं । बिटक्वाइन माइनिङलाई आफ्नो फुल टाइम जागिर बनाएका १९ वर्षीय अमेरिकी युवा निक सिएरसले वार्षिक ५४००० अमेरिकी डलर अर्थात करिब ६४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् ।

निकले १७ वर्षको उमेरमा संयुक्त राज्य अमेरिकास्थित वासिङटनको ड्यालसपोर्टमा बिटक्वाइन माइनिङका लागि फार्म खोल्नका लागि सहयोगी भएर काम गरेका थिए ।

१८ वर्षको उमेर पुगेपछि वैधानिक रुपमा उनले बिटक्वाइन माइनिङ गर्न पाए । अहिले उनी १९ वर्षको पुग्दा कलेज जानेभन्दा बिटक्वाइनको डेटा सेन्टरको एउटा साउन्ड प्रुफ कोठामा बसेर बिटक्वाइन माइनिङ गर्ने काम रोजेर राम्रो आम्दानी गरिरहेका छन् ।

वितेको दुई वर्षमा निकले माइनिङ मसिनले कसरी काम गर्छ भन्ने विषयमा धेरै कुरा सिकेका छन् । कुनै विश्वविद्यालयको डिग्रीभन्दा उनले सिकेको इलेक्ट्रोनिक सम्बन्धी ज्ञानहरू धेरै गुणाले अर्थपूर्ण रहेको उनी बताउँछन् ।

‘मैलै कलेज जाने विषयमा कहिले पनि सोचिनँ । मेरा धेरैजसो समय माइनिङ गर्ने मान्छेहरूको समस्या कसरी सामाधान गर्ने भन्नेतिर नै बितिरहेकाे छ,’ उनले सीएनवीसीलाई बताए ।

डेटा सेन्टरमा यसरी हुन्छ काम

वासिङटनको स्केट भेन्चरको डेटा सेन्टरमा निक बिहान ८ बजेदेखि साझँ ४ बजेसम्म काम गर्छन् । त्यसपछि पनि कुनै आपतकालीन समस्या आउन सक्छ भनेर उनी साइटमा नै रहन्छन् ।

राति भने उनलाई पालो दिनका लागि नाइट सिफ्टमा अन्य प्राविधिकहरूले काम गर्ने गर्छन् । ‘मैले कुनै रुटिनमा बसेर काम गर्नुपर्दैन । यो नै मेरो कामको सबैभन्दा राम्रो पक्ष हो,’ निकले बताए ।

उनको धेरैजसो समय भौतिक पूर्वाधारहरू मर्मत गरेर नै बित्ने गर्छ । तर त्योभन्दा पनि ठूलो काम भनेको बिटम्यान र ह्वाट्सम्यान अर्थात बिटक्वाइन माइनिङ गर्नेहरू र बिटक्वाइन माइनिङका लागि आवश्यक पूर्वाधार सामग्रीहरूको अनुगमन र व्यवस्थापन गर्नु हो ।

उनी यो काम हप्तामा सातै दिन गर्छन् । यीमध्ये कुनै एउटा मात्र मसिन बन्द भएमा वा कुनै एउटा मात्र मसिन आधा चलेमा लगानीकर्ताहरूले पैसा गुमाउने खतरा हुन्छ ।

किनभने बिटक्वाइन माइन गर्नका लागि धेरै हार्डवेयर चाहिन्छ र प्रत्यक सेकेन्ड उक्त हार्डवेयरले सफ्टवेयरको सहायतामा बिटक्वाइन कारोबारको अल्गोरिदम सल्भ गरेर लेजर राख्छ ।

जसले धेरै सल्भ गर्न सक्छ, उसले धेरै बिटक्वाइन रिवार्ड पाउँछ । यसको अर्थ जति धेरै मसिन अनलाइन हुन्छ, त्यति नै बिटक्वाइन प्राप्त गर्ने मौका हुन्छ । अनुमानित रुपमा प्रत्येक १० मिनेटमा ६.२५ वटा बिटक्वाइन उत्पादन हुन्छ ।

यो कारणले गर्दा निकको काम एकदमै संवेदनशील छ । यद्यपि निककाे काम कुन मसिनले काम गरिरहेको छैन भन्ने पत्ता लगाएर सो मसिन मर्मत गर्नु मात्र हो ।

‘काम नगर्ने मसिनहरू प्रत्यक दिन भेटिन्छन् । अनि त्यसपछि मसिनलाई र्‍याकबाट बाहिर निकाली त्यसको समस्या पहिचान गरेर समाधान गर्नुपर्छ,’ उनले बताए ।

कहिले काहिँ बत्तिको समस्या अथवा कहिले काहिँ नेटवर्कको समस्याका कारण धेरैजसो मसिन बन्द हुने गर्छ । यस्तो किसिमको समस्यालाई भने सहज रुपमा समाधान गर्न सकिन्छ । तर हार्डवेयरमा समस्या आएमा भने गाह्रो हुने निक बताउँछन् ।

हुन त अब निकलाई माइनिङको विषयमा कुनै औपचारिक शिक्षाको आवश्यकता छैन । तर, उनले माइनिङ सम्बन्धी चिनियाँ इन्जिनियरहरूले चलाएको थुप्रै तालिमहरू लिएका छन्, जसले उनलाई माइनिङको लागि आवश्यक उपकरणहरूको मर्मत गर्न सहयोग गरेको छ ।

आउने दिनहरूमा विभिन्न देशहरूमा हुने यस्ता तालिमहरू अझै लिने इच्छुक रहेको उनले बताए ।

सीएनबीसीबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१