close

नेपालमै पहिलो पटक अप्राविधिक लक्षित एआई तालिम सुरु

टेकपाना टेकपाना

साउन १८, २०७८ १९:३४

नेपालमै पहिलो पटक अप्राविधिक लक्षित एआई तालिम सुरु

काठमाडौं । प्रविधिको विषयमा केही पनि जानकारी नभएकाहरूलाई लक्षित गर्दै फ्युज मसिन इन्कले आयोजना गरेको ‘एआई टु गो’ तालिम सुरु भएको छ ।

सहभागीहरूलाई एआईका बारेमा आधारभूत ज्ञान सीप सिकाउन र उनीहरूले काम गरिरहेको पेशागत क्षेत्रमा एआई तथा मसिन लर्निङको बारेमा सिर्जनात्मक ढंगले सोच्ने र जिम्मेवारीपूर्वक काम गर्नसक्ने गरी क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ यो कार्यक्रम ल्याइएको हो ।

कार्यक्रममा विभिन्न कार्यक्षेत्रबाट आएका ७० भन्दा बढीकाे सहभागिता छ ।

तालिमको पहिलो दिन सहभागीहरूलाई स्वागत गर्दै फ्युज मसिनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीर मास्केले हरेक क्षेत्रका व्यक्तिले एआईको विषयमा बुझ्नुपर्छ भन्ने सोचका साथ यो तालिम आयोजना गरिएको बताए ।

चार हप्तासम्म चल्ने तालिम कार्यक्रमअन्तर्गत आठ वटा प्रत्यक्ष अनलाइन सेसन सञ्चालन हुनेछन् । हरेक हप्ता दुईवटा कक्षा सञ्चालन हुनेछ ।

तालिममा मसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिप लर्निड, क्लासिफिकेसन (Classification) रिग्रेसन (Regression), मसिन लर्निङ वर्कफ्लो (Machine Learning Workflow), डेटासेट (dataset) र एआई मोडेल (AI model) सिर्जना, कम्प्युटर भिजन (Computer Vision), नेचुरल ल्याड्ग्वेज प्रोसेसिङ (Natural Language Processing) र एमएल मोडेल (ML model) निर्माणका लागि आवश्यक पर्ने पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज (python programming language) लगायतका विषयहरूमा प्रशिक्षण दिइनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१