close

एनसेलकाे अभिभावक कम्पनी आजियाटाले लिङ्कनेटको ६६ प्रतिशत शेयर खरिद गर्ने

टेकपाना टेकपाना

साउन १८, २०७८ २०:४६

एनसेलकाे अभिभावक कम्पनी आजियाटाले लिङ्कनेटको ६६ प्रतिशत शेयर खरिद गर्ने

काठमाडौं । एनसेलकाे अभिभावक कम्पनी आजियाटा र यसको मातहतको कम्पनी एक्सएल आजियटाले इन्डोनेसियाको ब्रोडब्रान्ड इन्टरनेट सेवाप्रदायक लिङ्कनेटको ६६.०३ प्रतिशत शेयर अर्थात १.८२ अर्ब शेयर खरिद गर्ने भएको छ ।

यी दुई कम्पनीहरूले लिङ्कनेटका शेयरधनी सीभीसी क्यापिटल र पीटी फर्स्ट मिडियाबाट शेयर खरिद गर्ने भएका हुन् । इन्डोनेसियामा आफ्नो व्यावसाय विस्तार गरेर त्यहाँको बजारमा आफ्नो कम्पनीलाई उच्च स्थानमा राख्ने आशा सहित यो शेयर खरिद गर्न लागेको कम्पनीले बताएको छ ।

यस विषयमा गत महिना आजियाटाले आफूसँग विभिन्न विकल्प रहेको बताउँदै सम्भावित विक्रेताहरूसँग छलफल अगाडि बढाएको थियो । जुलाई पाँचकाे क्लोजिङ शे प्राइसका अनुसार हाल लिङ्कनेटको मूल्याङ्कन ८५ करोड ७० लाख अमेरिकी डलर अर्थात करिब एक खर्ब एक अर्ब रुपैयाँ रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१