close

डेटा दुरूपयोग गरेको भन्दै अमेजनलाई १ खर्बभन्दा बढी जरिवाना

टेकपाना टेकपाना

साउन १८, २०७८ २१:३९

डेटा दुरूपयोग गरेको भन्दै अमेजनलाई १ खर्बभन्दा बढी जरिवाना

काठमाडौं । ई-कमर्स  प्लेटफर्म अमेजनले आजसम्मकै सबैभन्दा ठूलो जरिवाना बुझाउनुपर्ने भएको छ । युरोपियन युनियन (ईयु) ले आफ्नो जनरल डेटा प्रोटेक्सन रेगुलेशन (जीडीपीआर) उल्लंघन गरेको भन्दै ७४६ मिलियन युरो अर्थात् एक खर्ब १९ अर्ब रूपैयाँको हारहारीमा जरिवाना गर्ने निर्णय भएको छ ।

ब्लुमबर्गका अनुसार ई-कमर्स जायन्ट अमेजनलाई लक्जमबर्गको राष्ट्रिय डेटा संरक्षण आयोग (सीएनडीपी) ले उक्त जरिवाना तोकेको हो । सीएनडीपीले जीडीपीआर उल्लंघन गरेकाे भन्दै अमेजनले प्रयोगकर्ताको व्यक्तिगत डेटा दुरुपयोग गरिरहेको आरोप लगाएको छ ।

तर, अमेजनले भने सीएनडीपीले उठाएको उक्त विषयमा कुनै आधार नभएको जनाएको छ । कम्पनीले सन् २०२१ को दोस्रो त्रैमासिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा यस विषयमा थप जानकारी उपलब्ध गराउँदै कुनै डेटा लिक नभएको र थर्ड पार्टीलाई डेटा उपलब्ध नगरेको बताएकाे छ ।

पछिल्लो सयम डेटा लिक गरिरहेको विषयलाई लिएर अमेरिकी कम्पनी अमेजनमाथि निकै प्रश्न उठ्दै आएको छ । यस्तोमा सीएनडीपीले तोकेको जरिवानाले सार्थकता पाउने/नपाउने भन्ने विषय भने हेर्न बाँकी नै छ । किनभने कम्पनीले सीएनडीपीले तोकेको जरिवानाको विषयमा अदालतमा पुनः अपिल गर्ने जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१