close

ईसेवामार्फत हवाइजहाजको टिकट काट्दा हरेक यात्रुलाई आकर्षक उपहार

टेकपाना टेकपाना

साउन १९, २०७८ १७:१२

ईसेवामार्फत हवाइजहाजको टिकट काट्दा हरेक यात्रुलाई आकर्षक उपहार

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवामार्फत हवाइ जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् । नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाइ यात्रु यस योजनामा सहभागी हुनेछन् ।

एक महिनासम्म सञ्चालन हुने यस योजनाअन्तर्गत ईसेवामार्फत हवाइ टिकट काट्ने हरेक यात्रुले अमार्या फेशन हाउसमा शपिङ गर्दा २० प्रतिशत छुट पाउनेछन् ।

यस्तै टाइटानमा शपिङ गर्दा १० प्रतिशत छुट पाइने छ भने भोजमा १० हजार भाग्यशाली यात्रुले २० प्रतिशत अथवा रू २५० सम्मको छुट पाउने छन् ।

यस्तै हरेक यात्रुले आगामी ६ महिनाभित्रमा अर्को हवाइ यात्राका क्रममा रि–सेड्युल गर्नुपरेमा त्यसका लागि लाग्ने शुल्कसमेत ईसेवाले बेहोर्ने छ । यस योजनामा सहभागी हुनका लागि ईसेवामा केवाईसी भेरिफाइड भएको हुनुपर्नेछ भने ईसेवा एपमार्फत टिकट काट्नु पर्नेछ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले यसमार्फत सेवा लिइरहेका छन् ।

हाल ईसेवाका देशभर करिब एक लाख १५ हजारभन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् भने मर्चेन्टको संख्या तीन लाख नाघिसकेकाे छ ।

ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, शेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल/कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१